झापा । झापाको बिर्तामोडमा आयसर ट्याक्टरले शोरुम स्थापना गरेको छ । साविक मेची अञ्चलका लागि आयतकर्ता तथा आधिकारी विक्रेता रेडपाण्डा अटो इलेक्ट्रीकल एण्ड पावर प्रालिले शुक्रवार शोरुम सञ्चालनमा ल्याएको हो ।

शोरुमको उद्घाटन उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष कुमार भट्टराई र आयसरका सिनियर एसोसिएट वाइस पेसिडेन्ट विजेन्द्र गुप्ताले संयुक्त रुपमा गरेका थिए । सोहि अवसरमा १२ देखि १४ लाख मूल्य वरावरका २५ वटा ट्याक्टर खरिदकर्तालाई चावी समेत हस्तान्तरण गरिएको थियो ।

झापाका प्रकाशचन्द्र खतिवडा, शेखर ढकाल, विपिन बस्नेत, शाम्भनाथ भण्डारी र कृष्ण अधिकारीले संयुक्त रुपमा शोरुम सञ्चालन गरेका हुन् । सञ्चालक मध्येका खतिवडाले आयसर ट्याक्टर २.५ लिटरले १ घण्टा चल्ने भएकाले पनि किसानको रोजाइमा परेका बताए ।

आयसरका सिनियर एसोसिएट वाइस पेसिडेन्ट गुप्ताले अधिकांश किसानहरुले किसानका लागि सक्षम र बलियो रहेको बताउँदै कम तेलमा बढी माइलेज दिने गरेको बताएका छन् । ‘नेपालका अधिकांश भाग कृषि भूमि रहेकोले किसानहरुका लागि राम्रो र बलियो ट्याक्टरको आवश्यकता रहेको छ’, उनले भने ‘त्यो आवश्कता आयसरले पूरा गर्नेछ ।’ कृषिमा यान्त्रि करणका लागि ट्याक्टर सबभन्दा उपयोगी रहेको समेत उनले बताए ।