विराटनगर । सरकारले अवैध हतियार बुझाउन दिएको समय सिमा सकिएको छ । गत फागुन २८ गते मन्त्रिपरिषद्को बैठकले विप्लव समूहमाथि प्रतिबन्ध लगाउँदै अवैध हतियार बुझाउन ३५ दिने सूचना जारी गरेको म्याद बिहीबार सकिएको हो ।

गृहमन्त्रालयले हतियार बुझाउन दिएको समयभित्र मोरङमा १७  थान मात्र हतियार बुझाइएको मोरङका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले जानकारी दिए । बिहीबारसम्मा सानाठूला गरी १७ थान हतियार बुझाएको उनले बताए । मोरङमा ‘९४ सि नम्बरको एयरगन’ देखि ३५ बोरे बन्धकहरू बुझाएको मोरङ प्रशासनले जनाएको छ ।  जिप्रका मोरङमा बुझाएको अवैध हतियार मध्धे सबैभन्दा बढी १ नाले टोटावाल बन्दुक रहेको छ । जिप्रका मोरङमा बुझाएको सबैभन्दा बढी ६ थान १ नाले टोटावला बन्दुक रहेको छ । त्यस्तै १२ बोरे २ नाले टोटावले बन्दुक, २५ बोरे १ नाले, ३५ बोरको सानो बन्दुक, ९४ सि नम्बरको एयर गन, १ नाले भरुवा बन्दुक,  जोर नाले टोटावाल बन्दुक बुझाएका हुन्  ।  

इजाजत (लाइसेन्स) लिएर राखिएको तर पाँच वर्ष भित्रमा नविकरण नगरेर अवैध भएको हतियारहरू बुझाएको प्रमुख जिल्ला अधिकारी केसीले बताए । उनका अनुसार नविकरण नभएका, इजाजत हराएको, मृत्यु भइसकेको नाममा रहेको अवैध हतियार सरकारले दिएको समयसिमा बुझाएको बताए । ‘अवैध हतियार बुझाउने समय सिमा सकिएको छ,’ उनले भने, ‘तोकिएको समयमा हतियार नबुझाउने र पाँच वर्षसम्म नविरकण भएको हतियार अवैध हुन्छ ।’ अवैध हतियार फेला पारे हतियार तथा खरखजाना ऐनअन्र्तगत मुद्दा चलाएर कारबाही गरिने उनले बताए । 

मोरङमा इजाजात (लाइसेन्स) प्राप्त हतियार ७ सय २६ जना नाममा रहेको जिप्रका मोरङको अभिलेखमा देखिन्छ । ठूलो संख्यमा इजाजात लिएर हतियार लिए पनि नविकरण भने न्यून रहेको पाइएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा १ सय ४४ वटा मात्र हतियार नविकरण भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । त्यस्तै अघिल्लो आर्थिक वर्ष ०७३÷०७४ मा १ सय ७८ वटा नविकरण भएको थियो । जुन अघिल्लो आर्थिक वर्षमा भन्दा आर्थिक वर्षमा ३३ वटा हतियार कम नविकरण भएको प्रशासनको तथ्याङ्गकले देखाएको छ । व्यक्तिगत सुरक्षाका लागि जिल्ला प्रशासनमा दर्ता गरेर हतियार राख्न सकिने प्रावधान छ । हतियार राख्नेहरू पूर्वअञ्चलाधीश, पूर्वप्रशासक, प्रधानपञ्च, सरकारका उच्च अधिकारी, राजनीतिलगायत विशिष्ठ महानुभाव छन् । तर, हतियारको नविरकण भने उच्च अधिकारीलेहरूले नगर्ने गरेका हुन् ।

इजाजत लिएर हतियार राखेको एक नाले १२ बोरे बन्दुक  २ सय ७२ थान,  २ नाले १२ बोरे बन्दुक १ सय ४४ थान, २२ बोरे राइफल ४३ थान, हवाई बुन्दुक १५ थान, २५ बोरे पेस्तोल २१ थान,  ३२ बोरे रिभल्भर ५ थान र ३२ बोरे पेस्तोल ७ थान रहेको प्रसाशनको अभिलेखमा देखिन्छ ।