रङ्गेली ।अर्थमन्त्रि डा युवराज खतिवडाले उद्योगहरुलाई निसर्त संरक्षण हुन नसक्ने बताएका छन् ।
विराटनगरमा राजस्व परामर्स समितिले शुक्रबार आयोजना गरेको कार्यक्रमा मन्त्रि डा.खतिवडाले उद्योगहरुलाई सर्त सहित संरक्षण गर्ने बताएका हुन । उनले उद्योगहरुले आन्तरिक प्रतिस्प्रधा गर्नु पर्ने र जनतालाई सरल मुल्यमा गुणस्तरिय बस्तु उपलब्ध गराउनु पर्ने बताए ।

उनले उद्योगहरु आन्तरिक प्रतिस्प्रधामा सक्षम हुदै गए पछि संरक्षण पनि हटने बताए । उनले नेपाललाई संसारका संस्ता र गुणस्तर हिन बस्तुको डम्पीङसाइड हुन नदिने बताए । उनले त्यसकोलागी एन्टी डम्पीङ कानुन ल्याउन लागेको पनि बताए । उनले बस्तुको बहु उपयोगीताको आधारमा भन्सार निधारण गर्ने बताए । ‘ औद्योगीक कञ्चा पदार्थ र तयारी पदार्थको फरक छुट्टयाउ छौ’, उनले भने ‘अलिकति धर्यता राख्नुस दिर्घकालीन सरकार हो । मध्यकालीन र दिर्घकालीन सोचका साथ सरकार आगाडी बढेको छ ।’

उनले सकार निजि क्षेत्र सँग सहकार्यगरेर आगाडी बढेको बताए । मन्त्रि खतिवडाले उद्योग चलाउन सुरक्षा चाहिन्छ,अनुदान चाहिन्छ त्यसबापत उद्योगीहरुले सरकारलाई कर तिर्नु पर्ने बताए । उनले उद्योगलाई सरकार आफैले नोट छापेर नदिने त्यसकोलागी अर्को उद्योग तयार हुनु पर्ने बताए । यो निति अन्य सबै कृषी लगायतका क्षेत्रमा पनि लागु हुने बताए ।

उनले अहिले सरकार विधिबाट आर्थिक क्षेत्रको विकासमा लागेकोले केहि ढिलो भएको बताए । उनले पहिलो वर्ष संघ,प्रदेश र स्थानिय तहलाई सम्बोधन गर्ने गरि कानुन निर्माण मानै वितेकोले काममा ढिलाई भएको बताए । उनले पुर्व पश्चिम राजमार्गको स्तर उन्नतीको काम यसै वर्षबाट सुरु हुने बताए । त्यसैगरी पुर्व पश्चिम रेलकोलागी पनि लागनी सम्मेलनबाट लगानी कर्ता छनौट गरिसकेको बताए ।

अर्थमन्त्रि डा.खतिवडाले सरकार एकद्वार प्रणालीबाट सेवा दिने तयारीमा लागेको बताए । उनले साना उद्योगलाई यहि बैशाखबाट मन्त्रालयबाट सेवा दिने बताए । त्यसैगरी ठूला उद्योगलाई जेठ देखि लगानी बोर्डबाट सेवा दिने जानकारी गराए । उनले चिया,जुट लगायतका समस्या पनि सरकारले बजेटमार्फत सम्बोधन गर्ने बताए ।

मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको संयोजनमा आर्थिक वर्ष २०७६/०७७ को बजेट राजस्व निति तथा कार्यक्रम तर्जूमा सम्बन्धि छलफल कार्यक्रममा सुनसरी र मोरङका उद्योगी व्यपारीले अर्थमन्त्रि समक्ष आ–आफ्नो क्षेत्रका समस्या राखेका थिए ।

कार्यक्रमा उद्योग बाणीज्य महासंघका उपाध्यक्ष किसोर प्रधान,महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकाल,विराटनगर महानगरपालीकाका मेयर भिम पराजुली,मोरङ व्यापार संघका अध्यक्ष पवन सारडा,उद्योग संगठन मोरङ भिम घिमिरेले आ–आफ्नो भनाइ राखेका थिए ।