वि.सं. २०७६ साल वैशाख ७ गते। शनिबार। इश्वी सन् २०१९ अप्रिल २० तारिख। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३९ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– प्रतिपदा, १५:३५ बजेउप्रान्त द्वितीया। नक्षत्र– स्वाती, १९:२५ बजेउप्रान्त विशाखा। योग– वज्र, ९:३८ बजेउप्रान्त सिद्धि। करण– कौलव, १५:३५ बजेदेखि तैतिल, २६:५९ बजेउप्रान्त गर। आनन्दादिमा सिद्धि योग। चन्द्रराशि– तुला। काठमाडौंमा सूर्योदय– ५:३७ बजे, सूर्यास्त– १८:३० बजे र दिनमान ३२ घडी १४ पला। विशालनगरस्थित वैष्णवी देवीयात्रा।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
आर्थिक संकटको सामना गर्नुपर्ला । बन्न लागेको काममा विघ्न वाधाअरु आइपर्न सक्छ । शुभ समाचार सुन्न पाइएला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कार्य शिद्धिको योग छ । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिएला । रोकिएका कामकाजहरु सुचारु हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय उत्तमखालको छ । शुभ चिन्तकको साथ र समर्थन प्राप्त भइरहला । माया प्रेमको सम्बन्ध विस्तार होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नया“ कार्य तथा रोजगारको सुवर्ण अवसर प्राप्त होला । सभा सेमिनारमा संलग्न भइएला । रमाइलो वतावरणमा दिन वित्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय सामान्यखालको छ । सुन चा“दी तथा तत्जन्य कार्य व्यवसायमा रुची बढ्नेछ । सानो प्रयासले ठूलै उपब्धि मिल्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययन अध्यापनमा रुची बढ्नेछ । आदर्श व्यक्तिको सहयोग प्राप्त भइरहला । रमणिय स्थान भ्रमण गर्ने अवसर मिल्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । मनोरञ्जनात्मक कार्यक्रममा संलग्न हुने अवसर मिल्ला । लाभदायी यात्रामा शरिक भइएला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन अध्यापनमा रुची बढ्नेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । दाम्पत्य जीवन सुखमय वातावरणमा वित्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धार्मिक तथा समाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिसित रमाइलो भेटघाट हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । आफ्नो भन्दा अरुको काममा बढी समय दिनुपर्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मुद्दा मामिलामा तपाइको विजय हुनेछ । नपत्याएका व्यक्तिहरुबाट सहयोग मिल्ला । शुभ समाचार सुन्न पाइएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । जग्गा जमिन तथा भवन सम्बन्धि काममा रुची बढ्नेछ । लाभदायी यात्रामा शरिक भइएला ।