अभिनेता राजेश हमाल र उनकी पत्नी मधु पहिलोपटक म्युजिक भिडियोमा देखिने भएका छन् ।
हमाल दम्पतीले सुनिलसिंह ठकुरीको स्वर तथा सङ्गीत रहेको गीत ‘जीन्दगी’ को भिडियोमा अभिनय गरेका हुन् । दशरथ सुनारले निर्देशन गरेको भिडियोको छायाँकार उत्सव दाहाल हुन् भने सम्पादक विकास दाहाल हुन् ।

लामो समयदेखि फिल्म, भिडियो र विज्ञापनमा अभिनय गरिरहेका राजेश र केही समय मोडलिङ गरेकी धरानकी मधुले विवाहपछि एउटा विज्ञापनमा सँगै मोडलिङ गरेका थिए । तर म्युजिक भिडियोमा दम्पतीको अभिनय पहिलोपटक हो ।