सुनसरी ।  चौधरी ग्रुपले इटहरीमा इलेक्ट्रोनिक सामानको लागि एक्सक्लुसिभ शोरुम सञ्चालनमा ल्याएको छ । काठमाडौंबाहिर पहिलो पटक इटहरीबाट शोरुम सञ्चालनमा ल्याएको हो ।
इटहरीमा शुक्रबार एक कार्यक्रमका बीच उद्योग वाणिज्य सङ्घ इटहरीका कार्यवाहक अध्यक्ष शैलेश विष्टले शोरुमको उद्घाटन गरे ।

शोरुम उद्घाटनपछि विष्टले प्रदेश नम्बर १ कै व्यापारिक क्षेत्रको रूपमा विकास हुँदै गएको इटहरीका यस्ता ठूला कम्पनीले व्यवसाय शुरु गर्नुले इटहरीको व्यापारिक गरिमा बढेको बताए । उनले उद्योग वाणिज्य सङ्घको तर्फबाट सुरक्षित रूपमा व्यवसाय सञ्चालन गर्नको लागि निरन्तर वातावरण बनाउँदै जाने पनि बताए । इलेक्ट्रोनिक्स आइटमका सबै प्रकारका सामग्रीहरू एकै ठाउँमा पाउने गरी इटहरीमा चौधरी ग्रुपले मल्टी ब्राण्ड शोरुम सञ्चालनमा ल्याएको ब्राञ्च मेनेजर अञ्जु पोख्रेलले बताइन् ।

उनका अनुसार जहाँ सिजी, एलजी, टीसीएललगायतका ब्राण्डका सबै इलेक्ट्रोनिक्स सामग्रीहरू उपलब्ध रहेको बताइएको छ । साथै राइस कुकर, एलइडी टिभी, भ्याकुम, एसीलगायतका इलेक्ट्रोनिक्स सामग्रीहरू एकै ठाउँमा बिक्री गर्ने गरी शोरुम सञ्चालनमा ल्याएको उनले बताइन् ।

कार्यक्रममा सिजी ग्रुपका सुनिलकुमार पुन, वसन्त पाल, पुष्पराज बराललगायतको सहभागिता रहेको थियो । उद्घाटनका अवसरमा केही दिनका लागि भिजिटर लक्की ड्र र बम्पर उपहार योजना समावेश रहेको जनाइएको छ । सीजी ग्रुपले काठमाडौंमा १४ वटा यस्ता शोरुम सञ्चालन गर्दै आएको छ । काठमाडौंबाहिर इटहरीमा पहिलो पटक आफ्नै शोरुम सञ्चालन गरेको हो । शोरुमबाट सर्भिसको पनि व्यवस्था गरिएको ब्राञ्च मेनेजर पोखरेलले बताइन् ।