तेह्रथुम / प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले संघीयताले मात्रै मुलुकलाई सग्लो र सम्वृृद्ध बनाउने बताएका छन् । म्याङलुङ नगरपालिकाको भवन उद्ध्घाटनका लागि तेह्रथुम पुगेका मुख्यमन्त्री राईले संघीयता देशले धान्न सक्दैन भन्ने गलत टिप्पणीहरु आइरहेको इंगित गर्दै संघीयताले मात्र हिमाल, पहाड र तराईलाई जोड्ने दाबी गरे ।
भवन उद्ध्घाटन कार्यक्रममा बोल्दै मन्त्री राईले आगामी आर्थिक बर्षदेखी तिव्र रुपमा विकासको गति बढेको बताए । प्रदेश नं. १ का हरेक वडा सिधै राजमार्गसंग जोडिने उद्ध्घोष गरे । प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यटनलगायतका महत्वपुर्ण कुराहरुलाई पहिलो प्राथमिकतामा राखेको बताउदै उनले प्रत्येक जिल्लामा कम्तीमा ५० शैयाको अस्पताल बनाउने ठोकुवा गरे । मुलुक अगाडी बड्न नसक्नु बेरोजगारी नै मुख्य बाधक भएको बताउदै मुख्यमन्त्री राईले युवा स्वरोजगारका कार्यक्रमहरु प्रसस्त मात्रामा गाँउ वस्तीसम्म पु¥याउने तयारी रहेको र अवको १० बर्ष भित्रमा रोजगारी र अवसरकै खोेजीमा आफ्नो प्रदेशका कुनै पनि युवाले विदेसिनु नपर्ने दाबी गरे । उनले पर्यटनको प्रचुर सम्भावना रहेको गुराँसको राजधानी तीनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रलाई मुलुककै पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने तयारी रहेको सुनाए ।