धरान । गोरखा डिपार्टमेन्ट स्टोरले वार्षिक ग्राहक योजना अन्तर्गत खोलेको बम्पर उपहार कार्यक्रममा धरान–१५ की नितु राई भाग्यशाली ग्राहक बन्न सफल भएकी छन् ।

राईले यामाहा कम्पनीको स्कुटी प्राप्त गर्न सफल बनेकी हुन् । केही दिनअघि गोरखाले पाँचवटै शाखाको उपहार योजना सार्वजनिक गरेको थियो । त्यसमध्ये धरान शाखाबाट खरिद गरेकी राईले स्कुटी प्राप्त गर्न सफल भएको गोरखाका प्रबन्ध निर्देशक बलराम आचार्यले जानकारी दिए । उनले राईलाई शनिबार धरान शाखामा एक कार्यक्रमकाबीच स्कुटीको चाबी हस्तान्तरण गरे । गोरखाले २ हजार रुपैयाँभन्दा माथि खरिद गर्नेलाई बम्पर उपहार योजनामा सामेल गरेको थियो । उनको ०१६९६७ नम्बरको कुपन उपहार प्राप्त गर्न सफल भएको हो ।