श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ वैशाख ८ गते आइतबार, २१ अप्रिल २०१९ । वैशाख कृष्णपक्षको द्वितीया तिथि १०ः२९ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र विशाखा १९ः०६ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमाराशि तुला, सूर्योदय ५ः३६ र सूर्यास्त ६ः३१ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
कार्य सिद्ध गर्न धैर्य गर्नुहोला । मिष्ठान्न भोजन मिल्नेछ । प्रिय व्यक्तिहरुबाट राम्रै लाभ होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पे्रमीको सहयोग प्राप्त होला । धनार्जनका नयाँ स्रोत प्राप्त हुनेछन् । वैदेशिक कार्यका उल्झन समाप्त हुनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिष्ठान्न भोजन मिल्नेछ । व्यवसायमा राम्रै आम्दानी होला । सामाजिक कार्यमा सरिक हुनु हनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धार्मिक क्षेत्रको रुचि बढ्नेछ । राजनैतिक चर्चाले दिक्क बनाउला । राष्ट्रिय–अन्तराष्ट्रिय अप्रिय समाचार सुन्नुपर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खेल प्रतिको रुचि अक्ष बढ्नेछ । नयाँ विषय वस्तुको ज्ञान प्राप्त हुनेछ । प्रेमी प्रमिका बीच सम्बन्ध प्रगाढ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दाम्पत्य जीवनमा सफलता प्राप्त हुनेट । नयाँ स्थानको यात्रा हुनेछ । विपरित निर्णय आउन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भाग्यले अवसर जुटाउनेछ । आफ्नो प्रभुत्व जमाउन सकिनेछ । अध्ययन–अध्यापन क्षेत्रमा भने खास प्रगति नहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पठन पाठन तथा प्राविधिक क्षेत्रमा लाभ मिल्नेछ । मनमा हर्ष । उमङ्ग र उत्साह छाउला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । वैदेशिक रोजगारीका अवसर प्राप्त हुनेछ । मन प्रसन्न रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नया“ वस्त्राभुषण प्राप्त हुने देखिन्छ । दैनिक कामहरु सहजै सम्पन्न होलान् । शत्रुपक्ष सबलहुने समय आएको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामाजीक तथा सांस्कृतिक कार्यमा रुचि बढेर जाला मनमा हर्ष,उमङ्ग तथा उत्साह प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
छोटो तर रमाइलो यात्रा हुनेछ ।नया“ साथीसंग रमाइलो हुनेछ । पठन–पाठन भने सामान्य नै रहेको छ ।