मधुमल्ला/ नव बर्ष २०७६ को अवसरमा सिर्जनशिल युवा क्लव मिक्लाजुङ – ६ मोरङले मोरङको मिक्लाजुङ—६ लालमाटीमा आयोजना गरेको बिहिबार देखी जारी ‘प्रथम मिक्लाजुङ गोल्डकप २०७६ फुटवल प्रतियोगिताको शनिवार भएको खेलमा लेटाङ फुटवल क्लव बिजयी भएको छ । एपिएफलाई सडन डेथमा हराउदैं लेटाङ बिजयी भएको हो ।

खेलको निर्धारित समयमा गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा ४÷४ को बराबरी भएको थियो । त्यसपछि सडन डेथमा लेटाङको ३ र एफिएफको २ गोल भएको थियो । एपिएफको भने प्रहार बाहिरीएपछि लेटाङ लक्की सावित भयो । खेलको म्यान अफ द म्याच लेटाङका यमन मगर घोषित भए ।

सिर्जनशिल युवा क्लव को आयोजनामा संचालीत प्रतियोगीताको भोलीको खेल आयोजक लालमाटी र बेलबारी फुटवल क्लव बिच हुनेछ । खेल लालमाटी खेल मैदामा मध्यान्ह ४ बजे बाट संचाल हुने आयोजकले बताएको छ । बैशाख १२ गते हुने फाइनल खेलको बिजेताले नगद १ लाख ५ हजार ५ रुपैंया ट्रफि प्रमाणपत्र मेडल प्राप्त गर्नेछन् । यस्तै,उपबिजेताले नगद ५५ हजार ५ रुपैंया सहित ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । खेल अनुमानित ८ लाखमा सम्पन्न हुने अध्यक्ष नेमप्रकाश तामाङले बताउए ।