मधुमल्ला/सिर्जनशील युवा क्लब मिक्लाजुङ–६ मोरङद्वारा बिहिबार देखी जारी ‘प्रथम मिक्लाजुङ गोल्डकप २०७६ फुटवल प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा लेटाङ फुटवल क्लब विजयी भएको छ ।

एपिएफलाई सडन डेथमा हराउँदै लेटाङ विजयी भएको हो । खेलको निर्धारित समयमा गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा ४–४ को बराबरी भएको थियो । त्यसपछि सडन डेथमा लेटाङको ३ र एफिएफको २ गोल भएको थियो । एपिएफको भने प्रहार बाहिरिएपछि लेटाङ लक्की सावित भयो । खेलको म्यान अफ दी म्याच लेटाङका यमन मगर घोषित भए ।

आइतबारको खेल आयोजक लालमाटी र बेलबारी फुटबल क्लबबीच हुँदैछ । वैशाख १२ गतेसम्म हुने प्रतियोगितामा विजेताले नगद १ लाख ५ हजार ५ रुपैयाँ ट्रफी, प्रमाण–पत्र र मेडल प्राप्त गर्नेछन् । उपविजेताले नगद ५५ हजार ५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।