सिरहा । सिरहामा सरकारी गाडीको ठम्करबाट एक जना घाइते भएका छन् । सिरहा जिल्लाको बिष्णुपुर गाउँपालिकाका–५ मा शनिबार साँझ सुखिपुर नगरपालिकाको सरकारी गाडीले बिदाको दिन गाडी चलाउन जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत नलिई चलाएको गाडीको ठम्करबाट एक जना घाइते भएको छ ।

बिष्णुपुर गाउँपालिका वडा नम्बर ५ लक्ष्मिपुर चौक स्थित सिरहा चोहर्वा सडक खण्डमा सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको बा.२ झ २३१६ नम्बरको (सुखिपुर नगरपालिकाको गाडी) ले विपरीत दिशाबाट गइरहेको साइकल यात्रीलाई ठक्कर दिँदा साइकल यात्री सिरहा–९ गुलरियाका सीताराम ठाकुर घाइते भएका हुन् । घाइते ठाकुरलाई सघन उपचारको लागि विराटनगरस्थित न्यूरो लगिएको छ भने ठक्कर दिने गाडी र गाडी चालक धनगढीमाई नगरपालिका–८ का पवनकुमार महतो इलाका प्रहरी कार्यालय बिष्णुपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ताको नम्बरमा सम्पर्क गर्दा मोवाइल स्वीच अफ रहेको इलाका प्रहरी कार्यालय बिष्णुपुरका इन्चार्ज दीपनारायण यादवसँग बुझ्न खोज्दा जिल्लामा सम्पर्क गर्न भनेको र जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी जीवन श्रेष्ठसित दुर्घटना भएको करिब १३ र १४ घण्टा पछि बुुझ्न खोज्दा आफूसित विस्तृत नआएको बताए ।

यसरी दुर्घटना भएको १३ र १४ घण्टा पछि पनि जिल्लाका प्रहरी प्रमुखलाई विस्तृत थाहा नहुनु नागरिक प्रहरी मैत्रीमाथि नै आम सर्वसाधारणको शंका उठन थालेको छ । यस्ता आकस्मीक घटनाको सूचना नदिएर नेपाल प्रहरी नै संविधान प्रदत सूचनाको अधिकार अवज्ञा गरेको देखिन्छ ।