लक्ष्मीमार्ग । बेलबारी वार्डनम्बर ९ स्थित श्रीपुरमा आइतबार बिहान भएको आगलागीमा करिब ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । कृष्णप्रशाद भट्टराइको घरमा बिहान ७ बजेतिर आगलागी भएको थियो । घर भित्र रहेका केही पनि सामान निकाल्न नपाएकाले आगलागीबाट घर र घरभित्र रहेका सम्पुर्ण सामान जलेर नष्ट भएको आगलागी स्थलबाट टेकनाथ शर्माले जानकारी दिए ।

शर्माका अनुसार टिनको छानो भएको काठको टाँडे घरमा आगलागी भएको थियो । सुन्दरहरैँचा नगरपालिका र विराटनगर महानगरपालिकाको दमकल आएर आगो निभाएकाले अन्य ठाउँमा आगो फैलन नपाएको उनले जानकारी दिए ।

आगलागिबाट ५० लाख मुल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान रहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । आगालिबाट अन्नपात, लताकपडा, पन्ध्र तोला सुन, तथा चादि सहित नगद जलेको प्रहरीले जनाएको छ ।

यता बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी आगलागि भएको स्थानमा पुगेर पिडत परिवारलाई भेटदै वडा अध्यक्ष नगेन्द्र खड्कालाई तत्कालै राहतको ब्यबस्था मिलाउने प्रकृया थाल्न भनेका छन् ।