विराटनगर  /  अवैध लागूऔषध तस्करी गर्ने गिरोहले अनौठो शैली अपनाएर भए पनि लागूऔषध नेपाल भित्रयाउन छाडेका छैनन् । प्रहरीले कडाई गरेपनि तस्करले विभिन्न नयाँ शैली अपनाएर तस्करी गर्ने गरेका छन् ।

खुल्ला सिमाको फाइदा उठाउँदै सिमावर्ती बजार जोगवनीबाट तस्करले ‘मलद्धार’ जस्तो सम्वेदनशिल ठाउँमा लागूऔषध लुकाएर ल्याउने क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
मलद्धारमा लुकाएर विराटनगरतर्फ ल्याउँदै गरेको लागूऔषधसहित इटहरी उपमहानगरपालिका – ३ घर भएका २२ वर्षीय राजन न्यौपानेलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । न्यौपानेले मलद्वारभित्र डाजेल्याब ७ एम्पुल, लुपिजेसिक ७ एम्पुल, एभिल ७ एम्पुल गरी २१ एम्पुल अवैध लागूऔषध बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले बताए ।

यसरी राख्छन् मलद्वारमा लागुऔषध
‘मलद्धारमा राख्न पहिले तेल र मलम हाल्ने र त्यसपछि लागूऔष मलद्धारमा हाल्ने गरेको प्रराम्भिक अनुसन्धानबाट खुल्यो,’ डिएसपी श्रेष्ठले भने, ‘तेल र मलम लगाएपछि मलद्धारमा लागूऔषध हाल्ने गर्दो रहेछन् ।’ मलद्धारमा राखेर ल्याएको लागूऔषध आफै निस्किैदन कि त शौच गर्नुपर्छ नत्र शौच आउने औषधी सेवन गरे मात्र त्यो बाहिर आउने गरेकोे छ ।
प्रहरीले यस अघि गत माघ १५ गते विराटनगरस्थित रानीबाट दुई जना युवालाई मलद्धारमा लुकाएर लागूऔषध ल्याउने क्रममा इलका प्रहरी कार्यालय रानी विराटनगरले पक्राउ गरेको थियो । प्रहरीले चेकजाँच गर्ने क्रममा धरान उपमहानगरपालिका– १० घर बताउने २२ वर्षिय रेजी शेर्पा र सोही ठाउँका २७ वर्षिय सुवास प्रधानलाई लागूऔषधसहित पक्राउ परेका थियो ।