श्रीलङ्का आक्रमणः विस्फोटनबाट वालवाल बाचेका यि नेपाली

alt
  • बैशाख ९, २०७६
  • २१८ पटक पढिएको
  • बीबीसी

कोलम्बो / श्रीलङ्काको राजधानी कोलम्बो र अन्य स्थानमा भएका शृङ्खलाबद्ध विस्फोटनमा विदेशी नागरिकहरू पनि परेका छन् । कोलम्बो अस्पतालले नौ विदेशीको मृत्यु भएको पुष्टि गरेको छ।

विभिन्न गिर्जाघर र होटलमा भएका विस्फोटनमा कम्तीमा १३७ जनाको मृत्यु भएको प्रहरी र अस्पतालस्थित स्रोतले जनाएका छन्।

तर श्रीलङ्कामा बसोबास गर्ने नेपाली समुदायका सदस्यबारे अहिलेसम्म कुनै अप्रिय जानकारी नआएको र सबै सुरक्षित भएको हुन सक्ने श्रीलङ्काका लागि नेपाली राजदूत विश्वम्भर प्याकुर्‍यालाई उदृत गर्दै बीबीसी नेपाली सेवाले जनाएको छ ।

दूतावासकी प्रथम सचिव धनकुमारी जोशीले यहाँ बस्ने नेपालीहरूले सामाजिक सञ्जाल फेसबुकको एउटा समूहमा आफूहरू सुरक्षित भएको जानकारी दिएको बताइन ।

हताहत भएका विदेशी नागरिकहरूको राष्ट्रियता भने अझै स्पष्ट भइसकेको छैन।

श्रीलङ्का सरकारले विदेशी कूटनीतिज्ञहरूसँग भेटघाट गरेर औपचारिक जानकारी दिएपछि मात्र त्यो स्पष्ट हुन सक्ने राजदूत प्याकुर्‍यालको भनाइ छ।

कति नेपाली छन् ?
कोलम्बोमा बौद्ध भिक्षु, विद्यार्थी, व्यापारी र विभिन्न सेवाक्षेत्रमा काम गर्ने व्यक्तिहरू एवम् तिनका परिवारका सदस्यसमेत झन्डै चार सय नेपालीहरू भएको अनुमान नेपाली दूतावासको छ। श्रीलङ्काभरि भने झन्डै एक हजार नेपालीहरू भएको बताइन्छ।

यसैबीच नेपाल सरकारले श्रीलङ्कामा भएका विस्फोटनहरूको निन्दा गर्दै श्रीलङ्का सरकार र जनताप्रति सहानुभूति प्रकट गरेको छ।

श्रीलङ्कामा आइतवार साँझ छ बजेदेखि सोमवार बिहान छ बजेसम्म लागु हुनेगरी कर्फ्यू लगाइएको छ।

गिर्जाघर र होटलहरूमा विस्फोटन भएको र धेरै मानिस हताहत भएको समाचारले श्रीलङ्कामा बस्ने नेपाली समुदाय पनि स्तब्ध भएको छ। त्यसमध्ये परशु गौतम चाहिँ झन् बढी छक्क परेका छन्।

किनभने आइतवार बिहानको खाना खाएर निस्किएको ठाउँमा आधा घण्टापछि विस्फोटन भएको खबर उनले पाए । उनी डेढ महिनादेखि कोलम्बोस्थित साङ्ग्रिला होटलको अपार्टमन्टमा बस्दै आएका छन्।

बीबीसी नेपाली सेवासँग टेलिफोनमा कुरा गर्दै उनले भने, ‘टीभीहरूले मैले ब्रेकफास्ट खाएको टेबल देखाइराखेका छन्।’

गौतम विगत १४ वर्षदेखि श्रीलङ्कामा व्यापार गर्दै आएका छन्। घटनाबारे थाहा पाएपछि उनले नेपाली दूतावासलाई आफू सुरक्षित भएको जानकारी दिए। भन्छन्, ‘त्यहाँ स्थिति तनावपूर्ण रहेको र सुरक्षित पनि नलागेकोले म फर्केर होटल गएको छैन।’ उनी अहिले पेलियागोडास्थित कार्यालयमा छन्।

काेठामा किशाेरीलाई ब

  काठमाडाै‌ / किशोरीलाई बन्धक बनाएको आ

सरकार विरुद्ध साना ९

काठमाडौं ।  साना राजनीतिक दलहरुले सरकार विरुद

जनजाती नेता कार्यकर्

सुनसरी  / लोकसेवा आयोगले खुलाएको विज्ञापनको व

अब युवाको उमेर १८ दे

  काडमाडाैं  /  सरकारले युवाको उम


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved