रिना हत्या प्रकरणमा उनका प्रेमी पक्राउ

alt
  • बैशाख १०, २०७६
  • २४,२७९ पटक पढिएको
  • दिनेश सुब्बा

पथरी  / पथरीशनिश्चरे त्रिवेणी चोक साझा लाइनमा डेरा वस्ने एसआरएस कस्मेटिक एण्ड गिफ्ट हाउसकी प्रोप्राइटर रीनाको रहस्यमय मृत्यु पछि उनका प्रमी भनिएका कमल नेपाल हिजो साँझ पक्राउ परेका छन् ।
शुक्रवार राती पथरीको प्रस्तावित रंगशालामा सञ्चालन भएको कन्सर्ट हेरेर १४ वर्षीय छोरा साइमनसँग ११ बजे कोठा फर्किएकी वस्नेत शनिवार विहानै आफ्नै कोठा अगाडि बाटोमा निर्वस्त्र रुपमा मृत अवस्थामा फेला परेकी थिइन् । टाउकोमा चोट लागेको अवस्थामा घोप्टो परेको शव विहान स्थानीयले सडकमा देखेपछि प्रहरीलाई खवर गरेका थिए । शरीरमा कुनै लुगा नभएको अवस्थाको शवलाई स्थानीयले लुगाले ढाकिदिएका थिए ।
राती १२ बजेसम्म उनी कमल नेपालसँग फोनमा कुरा गरिरहेकी उनका छोराले बयान दिएका थिए । कल डिटेलमा पनि कमलसँग कुरा गरेको पाइए पछि इलाका प्रहरी कार्यालय पथरीले नेपाललाई सोधपुसका लागि नियन्त्रणमा लिएको इन्स्पेक्टर कमल बजगाईले जानकारी दिए ।
प्रहरीले हत्या नै भएको कुराको प्रमाण फेला नपरिसकेको बताए पनि स्थानीय तथा आफन्तले उनको नियोजित हत्या गरेको दावी गदैं हत्यारा पत्ता लगाएर कारवाही गर्न दवाव दिदैं सोमबार स्थानीयहरुले सडक जाम नै गरेका थिए ।

आज पनि पथरी उद्योग बाणिज्य संघको नेतृत्वमा बजार बन्द गरिएकाे छ ।  व्यवसायी रिनाकाे हत्यारा पतालगाई कारवाहीकाे माग गर्दै‌ व्यवसायीहरुले बजार बन्द गरेका हुन ।

 

२ बर्ष पुग्दा पनि सु ...

इटहरी । प्रदेश एकको राजधानी दावी गर्ने इटहरी समसाँझै बन ...

आमा ! यिनले अब कहिल् ...

  काठमाडाैं /  प्रसव पिडामा छटपटिएर सड ...

विर्तामोडमा यात्रु ब ...

बिर्तामोड । झापाको विर्तामोडमा शनिबार बिहान यात्रु बस द ...

चेत बहादुर केशी अपाङ ...

धरान सुनसरी / जन्मजात नै शारिरिक अपाङ्ग भएका दाङ्ग तुलस ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved