बिर्तामोड । झापाको बिर्तामोड १ मा तीन करोडको लागतमा पर्यटकस्तरीय ‘होटल ग्रीन प्यालेस’ सञ्चालनमा आएको छ । बिर्तामोडको नगरपालिकामा थपिने होटलमध्ये यो सुविधासम्पन्न रहेको सञ्चालकको दावी छ ।

होटलको बैशाख १३ गते एक समारोहको आयोजना गरी उद्घाटन गरिने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । नयाँवर्ष २०७६ को अवसरमा सांगीतिक कार्यक्रमसहित ‘न्यू इयर सेलेब्रेसन’का बीच होटलको उद्घाटन गरिने भएको हो । पुर्वको पर्यटकीय क्षेत्रको हव बिर्तामोड हो, सञ्चालक बिपिन पोखरेलले भने–‘पर्यटकलाई रोजाईको सेवा प्रदान गर्ने हाम्रो लक्ष हुनेछ ।’

होटल व्यवसायी तथा लेखक कर्ण शाक्यलाई सम्मान गर्ने कार्यक्रमसहितको न्यू इयर सेलेब्रेसनमा कलाकारहरु राज सिग्देल, डम्बर नेपाली, बाबु बोगटी, दृष्टि तामाङ र आयुष सिटौलाले आफ्ना प्रस्तुति राख्ने सञ्चालक अम्विका पोखरेलले जानकारी दिए ।

होटलसँगै क्याटरिङ सेवाको पनि थालनी गर्न लागेको ग्रीन प्यालेसले परम्परागत नेपाली खाना र परिकार उपलब्ध गराउँदै आएको बताइएको छ । तीन करोड रुपैयाँ हाराहारी लगानीमा सुरु गरिएको होटल ग्रीन प्यालेसका सञ्चालकहरु अम्बिका पोखरेल, विपिन पोखरेल र अजयकुमार घिमिरे रहेको कार्यक्रममा बताइएको छ ।

होटल सुरु गरेको ७ महिनाको अवधिमा आफूहरुले चाहेजस्तै सेवा प्रवाह गर्न सक्षम भएको जनाए । भिआइपी, स्वीट र अट्याच गरी तीन किसिमका १८ वटा कोठा, २०० जना क्षमताको सेमिनार हल र ३५ जना क्षमताको रुफटपमार्फत् सेवाप्रवाह गरिँदै आएको सञ्चालकको भनाई छ ।

होटल सञ्चालकले पाहुनाको माग अनुसारको सेवा प्रदान गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन् । सञ्चालक पोखरेलले झापामा रहेका होटलमध्ये सबैभनदा उत्कृष्ठ सेवा प्रदान गर्नेको सुचिमा सुचिकृत हुनेगरी सेवा प्रदान गर्ने बताए ।