धनकुटा/सहिदभूमी गाउँपालिका वडा नं.७ चिमरा पुल नजिकै बिहीबार राति तमोर नदिले बगाएर ल्याएको वेवारिसे शव फेला परेको छ ।

वेवारिसे अवस्थामा फेला परेको शव धनकुटा जिल्लाको चौविसे गाउँपालिका वडा नं.७ वोधे माइती घर भएकी रोजिता दाहालको भएको प्रहरीले पुष्टि गरेको छ । उनको विवाह केरावारी गाउँपालिका वडा नं.६ बस्ने विमल महतसँग भएको खुलेको छ । गएको वैशाख ८ गतेदेखि केराबारी आफ्नो घरबाट वेपत्ता भएकी दाहालको खाेजी गर्ने क्रममा बिहीबार राति चिमरा पुल नजिकै फेला परेको मुलघाट प्रहरी चौकी प्रमुख राजेश श्रेष्ठले जानकारी दिए ।