पथरीशनिश्चरे / मोरङको पथरीशनिश्चरे नगरपालिकाको ४ नम्वर वडा कार्यालयले सेवाग्राहीका लागि सूचना र जानकारी समेत उल्लेख गरेर २०७६ सालको भित्तेपात्रो प्रकाशित गरेको छ ।

वडा कार्यालयमा विहीवार आयोजित एक कार्यक्रमकाबीच संविधानसभा सदस्य लालबहादुर सुस्लिङ मगर, वडाध्यक्ष गोविन्दवहादुर भण्डारी सहितले भित्तेपात्रो लोकार्पण गरेका छन् ।

कार्यक्रममा बोल्दै संविधानसभा सदस्य मगरले सेवाग्राहीका लागि सेवा लिन आउँदा आवश्यक पर्ने कागजात सहितको बडापत्र उल्लेख गरी भित्तेपात्रो निर्माण गर्नु वडा कार्यालयको सृजनात्मक काम भएको जनाए ।