धनकुटा । धनकुटा नगरपालिका वडा नं.१० पारिपात्ले घर भएकी वर्ष ५२ कि देवीमाया पराजुली गाईवस्तु चराउने क्रममा गोरुले हानेर शुक्रबार गम्भिर घाईते भएकी छिन् ।

घर नजिकैको पात्लेको जंगलमा गाईवस्तु बाँख्रा चराउने क्रममा आफ्नै घरको हलगोरीले हानेर उनी घाईते भएकी हुन् । श्रीमान नारयण प्रसाद पराजुलीसंग जंगलमा गाईवस्तु चराउन गएकी देवीमाया दिउँसो १२ बजे गोरु फर्काउने क्रममा अचानक गोरुले हानेर भिरबाट लड्दा गम्भिर घाईते भएकी हुन् ।

भिरबाट झण्डै १ सय मिरट तल झरेकी पराजुलीको शरिरको विभिन्न भागमा चोट लागेको छ। उनको खुट्टा, टाउको, हात र छातीमा बढी असर परेको अस्पतालले जनाएको छ ।

भिरबाट लडेर गम्भिर घाईते भएकी पराजुलीको जिल्ला अस्पताल धनकुटामा प्राथमिक उपचार भैरहेको छ । विरामीको अवस्था हेरी थप उपचारको लागी अन्यत्र पठाउनु पर्ने हो या होइन जानकारी गराईने अस्पताल श्रोतले जनाएको छ ।

उनको अवस्था भने खतरामुक्त रहेको बताईएको छ ।