पथरीशनिश्चरे/विश्व औलो दिवसका अवसरमा पथरीशनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखाले २२ जना गर्भवती आर्थिक विपन्न महिलालाई झुल वितरण गरेको छ ।

वडा नम्बर २ स्थित चौतारी सामुदाियक वन कार्यालयमा सञ्चालित कार्यक्रममा औलो रोगसम्बन्धी जनचेतनामूलक प्रस्तुतिका साथै वडाध्यक्ष यामप्रसाद गुरागाईंको अगुवाईमा झुल वितरण भएको हो ।

‘आफैंबाट शुरू गरौ, औलोलाई शून्यमा पुर्‍याऔं’ भन्ने नाराका साथ गर्भवती महिलाहरूलाई लक्षित गरि सञ्चालन गरिएको कार्यक्रममा गर्भवती महिला, जनप्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको सहभागिता रहेको स्वास्थ्य सहसंयोजक एकराज खत्रीले जनाए ।