दुहवी/सुनसरीको दुहबीबाट दैनिक पत्रिका ‘कोचिला खबर’ सञ्चालनमा आएको छ ।

शुक्रबार पत्रिकाको विमोचन गरियो । दुहबी, इटहरी, बुढीगंगा र गढी गाउँपालिकाका युवाहरूले पत्रिकार सञ्चानलमा ल्याएका हुन् । दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले पत्रिकाको विमोचन गरे । उनले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेलोस् भन्दै कामना गरे ।

त्यस्तै नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले मुलुक समृद्धिका लागि सञ्चार जगतको भूमिका निकै महत्वपूर्ण रहँदै आएको जानकारी दिए । पत्रिकाका प्रबन्ध निर्देशक त्रिलोचन गच्छदारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । पत्रिकाका सम्पादक नवरत्न झा रहेका छन् । दुहबीमा एउटा एफएम र दुई वटा पत्रिकार सञ्चालनमा छन् ।