विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा रहेको सामुदायिक विद्यालय प्रविधिमैत्री हुन थालेका छन् । पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालयको शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन प्रविधिको प्रयोग हुन थालेको हो ।

विराटनगर – ८ स्थित महेन्द्र माध्यमिक विद्यालयलाई प्रविधी मैत्री बनाएर नमूना स्कूलको रूपमा बिकास गर्न अमेरिकामा बसोबास गर्ने विराटनगरकी गरिमा प्रधान लागि परेकी छिन् । ‘द प्रपोज प्रोजेक्ट’ नाम राखेर विराटनगर महानगरपालिकासँगको सहकार्यमा शुक्रबार महेन्द्र माविमा आइ.सिटी कक्षा संचालनमा आएको छ ।

विराटनगर महानगरपालिका प्रमुख भिम पराजुली र प्रोजेक्टकी संयोजक प्रधानले संयुक्त रूपमा रिविन काटेर उक्त आइसिटी कक्षाको उद्घाटन गरेका हुन् । आइसीटि कक्षामा १० वटा कम्प्यूटर, प्रोजेक्टर र पुस्ताकलयहरू रहेको छ ।

जहाँ विद्यार्थीहरूले आइटी सम्बन्धी ज्ञान हासिल गर्नेछन् । त्यसको लागि छुट्टटै एक जना शिक्षक पनि नियुक्त गरिएको स्कूलले जनाएको छ ।
‘मेरो वुवा पढेको पुरानो महेन्द्र स्कूल हो,’ उनले भनिन्, ‘निम्न आर्थिक अवस्था भएका विद्यार्थीहरू अध्ययन गर्ने सामुदायिक स्कूलाई प्रविधिमैत्री बनाउन मैले यो स्कूलबाट अभियानको सुरूवात गरेको छु । महेन्द्र स्कूललाई आइसीटि र एग्रीकल्चरको क्षेत्रमा फोकस गराउन आफु लागि परेको छु ।’ यसमा सबैको साथ सहयोग खाँचो रहेको उनले बताइन् ।

महानगरपालिकासँग सहकार्य गरेर आइटी र एग्रीकल्चरको क्षेत्रमा अगाडी बढाउन लागि पर्ने उनले भनाई छ । प्रधानसहित अमेरिकामा बसोबास गर्ने उनका साथीहरूको समूहले सामुदायिक स्कूलाई प्रविधिमैत्री बनाउन अभियानको सुरुवात गरेका हुन् ।

कार्यक्रममा बोल्दै विराटनर महानगरपालिका प्रमुख भिम पराजुलीले महानगर क्षेत्रका सामुदायिक विद्यालय प्रविधि मैत्री बन्दै गएको बताए । शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन महानगरपालिका क्षेत्रमा रहेको सामुदायिक स्कूललाई प्रविधि मैत्री बनाउँदै लैजाने उनले बताए ।

महानगरले महेन्द्र स्कूललाई प्रविधिमैत्री सँगै नमूना स्कूलको रुपमा अगाडी बढाउन लागि परेको प्रमुख पराजुलीले जानकारी दिए । ‘सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न रणनीति तय गरेर महानगरापलिका लागि परेको छ,’ उनले भने, ‘ शिक्षालाई पहिलो प्राथामिकतामा राखेर अगाडी बढेको छु ।’ नमूना स्कूल बनाउन महानगरपालिकाले प्रत्येक विद्यालयले ५० हजार रुपैयाँ बजेट बिनायोजन गरेको उनले बताए ।

महेन्द्र स्कूलमा कक्षा १० सम्म पढाई हुने गरेको छ । ३ सय ५० जना विद्यार्थी अध्ययरत रहेको स्कूलका प्राचार्य चन्द्रप्रसाद साहले जानकारी दिए । आइटी कक्षा संचालनसँगै अब मल्टी मिडियाको प्रयोगबाट पढाउने कार्यको थालनी हुने उनले बताए । कम्प्युटर कक्षा मल्टीमिडिया प्रयोग गरेर पढाउन सुरु गर्ने प्रअ साहले बताए । महेन्द्र माविलाई शैक्षिक र खेलकुदको सामाग्री पनि प्रदान गरिएको छ ।

विराटनगर महानगरपालिको अन्य एक दर्जन सामुदायिक विद्यालयले पनि प्रविधिलाई जोड दिन थालेका छन् । विराटनगरको पोखरीया, आर्दशन, सत्यनारयण लगायतको विद्यालय पनि प्रविधि मैत्री बनेको छ । पोखरीया स्कूलमा सिसी क्यामेरा जडान गरेको छ ।

माथिल्ला कक्षामा सिसी क्यामेरा जडान गरेर दैनिक कक्षा अनुगमन गरेको विद्यालयका प्रधानध्यापक खेम भट्टराईले जानकारी दिए । अग्रेजी माध्यमबाट पठनपाठन हुने यस विद्यालयमा विद्यार्थीहरूको आर्षण बढदो छ ।

Udhatan-gardai-
आइ.सिटी  कक्षको उद्घाटन गर्दै मेयर भिम पराजुलीले र प्रोजेक्टकी संयोजक गरिमा प्रधान ।