चतरा / वराहक्षेत्रस्थित चतराधाममा वैशाख २४ गतेसम्म लाग्ने पिण्डेश्वर अद्र्धमहाकुम्भ मेलामा शनिबारदेखि वृहद् शिवसाधना शुरु भएको छ ।

पिण्डेश्वर अद्र्धनारीश्वरी सद्गुरु अर्चनाबाबाको सत्सङ्कल्पमा १०८ औं शिव साधनाअन्तर्गत ८५ औं शिव साधना चतराधामस्थित औलिया मठभित्र शुरु भएको हो । हप्तादिनसम्म चल्ने शिव साधनामा नेपालका विभिन्न जिल्लाका १० हजार भक्तजन सहभागी हुने राजकुमार शम्भोले जानकारी दिए ।

शिव साधनामा आदि जगद्गुरु ॐ बाबाले जीवन, जगत्, आत्मा, परमात्मा र गौमहिमासम्बन्धी अमृतमय प्रवचन दिने अर्चनाबाबा धामले जनाएको छ ।

बिहानी र साँझको सत्रमा सङ्गीतमय प्रवचन भइरहेको छ । वराहक्षेत्रस्थित चतराधाममा बोलबम, कुम्भ महोत्सवलगायतका धार्मिक उत्सवमा अर्चनाबाबा धामले अनुष्ठान गर्दैआएको छ ।

archana-baba1