विराटनगर । विराटनगर ११ बुधमार्ग स्थित ज्योती पोखरेलको निमार्णधिन घरबाट लढेर लेबर काम गर्ने एक कामदारको उपचारको क्रममा मृत्यु भएको छ । भारतबाट काम गर्न विराटनगर आएका २५ वर्षिय रन्जित साहको निमार्णधीन तीन तले घरबाट झरेर शुक्रबार उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साहको उपचारको क्रममा विराटनगरस्थित न्यूरो हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएपी घनश्याम श्रेष्ठले जानकारी दिए । ‘निमार्ण भइरहेको घरमा काम गर्ने क्रममा तीन तला माथिबाट साह लढे,’ डिएपी श्रेष्ठले भने, ‘शुक्रबार पानी पनि परिरहेको थियो । तत्काल उपचार गर्न अस्पताल लगेका थिए ।’ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।