चतरा/ वराहक्षेत्रस्थित औलिया बाबा गद्दी (मठ) मा जारी वृहद् शिवसाधनामा सहभागी साधकले सोमबार प्राचीन हरिद्वारस्थित कुम्भ नगरी परिक्रमा गरेका छन् ।

झण्डै ४ हजारको सङ्ख्यामा उपस्थित भक्तजनले औलिया मठबाट निकालेको ¥याली प्राचीन हरिद्वार, हनुमान मन्दिर, सूर्य चौक, सखुवा गाछी, जागृत चौक, बयरवन बजार, चतरा स्टेण्ड हुँदै औलिया मठसम्म आइपुग्दा झण्डै ५ किमी पैदल यात्रा गरेका थिए । ‘हत्या हिंसा त्यागौं, सत्यको मार्ग पहिल्याऔं’ भन्ने मूलमन्त्रसहित भक्तजन नगरपरिक्रमामा सहभागी भएको बताइएको छ ।

पिण्डेश्वर अद्र्धनारीश्वरी सद्गुरु अर्चनाबाबाको सत्सङ्कल्पमा १०८ औं शिव साधनाअन्तर्गत ८५ औं शिव साधना चतराधामस्थित औलिया मठभित्र मङ्गलबारसम्म हुँदैछ । शिव साधनामा नेपालका विभिन्न जिल्लाका १० हजार भक्तजन सहभागी भएको राजकुमार शम्भोले जानकारी दिए ।

शिव साधनामा आदि जगद्गुरु ॐ बाबाले जीवन, जगत्, आत्मा, परमात्मा र गौमहिमासम्बन्धी अमृतमय प्रवचन दिइरहेको अर्चनाबाबा धामले जनाएको छ ।

बिहानी र साँझको सत्रमा सङ्गीतमय प्रवचन भइरहेको छ । वराहक्षेत्रस्थित चतराधाममा बोलबम, कुम्भ महोत्सवलगायतका धार्मिक उत्सवमा अर्चनाबाबा धामले अनुष्ठान गर्दैआएको अर्चनाबाबा धाम वराहक्षेत्रका अध्यक्ष विजय राईले जानकारी दिए ।

archanababa2