विराटनगर । हवाइ मार्गको प्रयोग गर्दै प्रतिबन्धीत लगाएको अवैध लागूऔषध प्लेनबाट विराटनगर हुँदै काठमाण्डौ लैजान खोज्दा प्रहरीले एक युवालाई विमानस्थलबाट पक्राउ गरेको छ ।

लागूऔषध लिएर विराटनगर बिमानस्थलबाट बुद्ध एयरमा काठमाण्डौ जान लागेका धरान उपमहानगरपालिका – १७ बस्ने २६ वर्षिय डेनी भनिने दनिल राईलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।
ब्यागमा राखेर लागूऔषध काठमाण्डौ लैजाने क्रममा विमानस्थल भित्र सुरक्षा जाँचमा चेकजाग गर्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

‘प्रहरीको आँखा छल्ने उदेश्यले लुकाएर ब्यागको साइटमा ६० एम्पुल लागूऔषध विमानस्थलमा खटिएका प्रहरी कर्मचारीले चेकजाँचको क्रममा राईको साथबाट फेला परेको हो,’ उनले भने, ‘प्रराम्भिक अनुसन्धानले २ वर्षदेखि लागूऔषध सेवन गरेको पक्राउ परेको राईले स्वीकार गरेका छन् ।

’ आफै सेवन गर्न काठमाण्डौमा साथीलाई भेटन जाने क्रममा सिमावर्ती बजार गोजवनीमा गएर आफै लागूऔषध लिएर आएको अनुसन्धानबाट देखिएको प्रहरीले बताएको छ । प्रहरीले उनको बोकेको ब्यागबाट डाईजेल्याव १५, लुपिजेसिक १५, फेनारगन १५, र एभिल १५ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राईलाई शुक्रबार मोरङ जिल्ला अदालतबाट लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम म्याद थप गरी थप अनुसन्धान भई रहेको डिएपी श्रेष्ठले बताए । इलका प्रहरी कार्यालय विराटनगर रानीले यस अघि पनि काठण्डमौबाट लागूऔषध लिन विराटनगर आएका एक युवालाई पनि पक्राउ गरेको थियो ।