देउराली । स्वीटजरल्याण्डको लुजियान भन्ने ठाउमा हुन गइरहेको विश्व पर्यटन मञ्चमा धरानबाट धरान इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्टका सञ्चालक लोकेन्द्र श्रेष्ठ सहभागी हुने भएका छन् ।

मे १ देखी ४ सम्म चल्ने उक्त मञ्चमा पर्यटन विकासका लागी विश्वमा भएका गरेका कार्यहरूको बारेमा जानकारी हुने गरी अन्तकृयात्म कार्यक्रम, कार्यशाला लगायतका कार्यक्रमहरू हुने भएकाले साइप्रसमा होटल म्यानेजमेन्टमा स्नातक गरेर धरानमा होटल म्यानेजमेन्ट कलेज संञ्चालन गर्दै आएका श्रेष्ठ मञ्चमा पर्यटन क्षेत्रमा अन्यदेशहरूका व्यावसायीहरूले गर्ने गरेका नयाँ कुराहरूको बमरेमा जानकार हुने तथा आफ्नो देशको पर्यटक प्रर्वधन गर्न सकीने बताएका छन् ।


मञ्चमा विश्व भरका करिव ८५ देशका पर्यटनसंग सम्बध्ध उद्यमी, व्यावसायी, कूटनीतिज्ञ, पत्रकार, लगानीकर्ता तथा सरकारी तथा निजि तवरका ५ सय बढि व्याक्तित्वको बाक्लो उपस्थिती रहने बताइएको छ।

कार्यक्रममा भाग लिन  श्रेष्ठसंगै, इटहरीका सुनिल भुषाल र ग्रोवेल उद्योगका संयोजक अरुण शाह जाँदैछन् । आइतबार (आज) उनिहरूकाे नेपालबाट स्वीटजरल्याण्ड प्रस्थान गर्नेछन् ।