धरान / साइप्रसमा विदेशी कामदार महिलाहरुको हत्याका घट्नाहरु बढेका छन् । लामोसयदेखि यहाँ बसे रकाम गर्ने महिलाहरु हराइरहेका थिए । केहीको शव फेला परे पछि साइप्रसमा श्रृंखलावद्ध हत्याका घट्ना भएको त्यहाँका समाचार एजेन्सीहरुले जनाएका छन् ।
नेपाली महिला कामदारहरु पनि हराइरहेको बताइएको छ । गत मंगलबार साइप्रसको राजधानी निकोलसदेखि ४५ मिनेट टाडा इनारमा एउटा शव भेटिएको थियो । फोटो पत्रकारले तस्विर खिच्नेक्रममा शव पत्ता लागेको साइप्रसमा रहेकी माया लेप्चन तामाङले फेस बुकमा लेखेकीछन् ।
नेपाली एकजना अस्मिता विष्टको पनि हत्या भएको त्यहाँको अल्फान्युज डट लाइभले जनाएको छ । त्यहाँ एजेन्टको रुपमा काम गर्नेहरुले नेपालबाट साइप्रस पुगेका युवतीहरुलाई सजक भएर रहन आग्रह गरिएको छ । नचिनेका व्यक्तिहरुसँग लिफ्न नलिन पनि आग्रह गरिएको छ ।
श्रोतका अनुसार विदेशी महिलाहरुलाई प्रेममा फसाउने र आफ्नो स्वार्थ पुरा भए पछि मारेर फालिदिने घट्ना साइप्रसको राजधानी निकोलसमा बढेको छ ।
त्यहाँको आधिकारीक न्युज पोर्टल एपीन्युसका अनुसार राष्ट्रपति निकोस अनास्तासियादे ले शुक्रबार पछिल्लो समय भएको घट्ना प्रति चिन्ता व्यक्त गदैं विदेशी कामदारको सुरक्षा व्यवस्था मिलाउन निदेशन दिएका छन् । सबै कामदारहरुले व्प्यक्तिगत विवरण र टेलिफोल साइप्रस सरकारलाई उपलब्द गराउन भनेका छन् ।
एक तथ्याङ्क अनुसार सन् १९९० यता ८० जना विदेशी महिलाहरु साइप्रसमा हराएका छन् । केही हराएका व्यक्तिको हत्यारासमेत पहिचान गरि साइप्रस प्रहरीले कारवाही गरेको प्रहरी प्रमुख ज्याचारिया क्रास्नोस्टोमाड्रले समाचार एजेन्सीलाई बताएका छन् ।
साइप्रसमा एक हजार भन्दा बढि नेपाली महिलाहरु विभिन्न कामका लागि पुगेको बताइएको छ । नेपाली महिलाहरु पनि हराइरहेको बताइएको छ ।