धरान / धरान उपमहानगरपालिकाले धरानमा रहेका मजदुरहरुलाई सुचीकृत गर्न प्रक्रिया शुरु गरेको छ । मे दिवसको अवसर पारेर सुचीकृत कार्यको थालनी गरेको हो ।
धरानमा बुधबार जिफन्ट धरानले आयोजना गरेको कार्यक्रममा कार्यबाहक मेयर मञ्जु भण्डारीले ३ जना मजदुरलाई नमुना परिचयपत्र वितरण गर्दै सुचीकरण थालनी गरेको घोषण गरिन । केन्दू सरकारको योजना अनुसार सामाजिक सुरक्षाको लागि मजदुरहरुलाई सचीकृत गर्ने कार्य प्रारम्भ गरिएको उनले बताएकी थिइन ।
उपमहानगरले मजदुरहरुले समान कामको समान ज्याला एवं पारिश्रमिक पाए नपाएको गुनासो सुन्न र अनुगमन गर्नको लागि उपमहानगरपालिकामा ‘श्रमिक हेल्प डेक्स’ को स्थापना पनि गरिने जानकारी दिइन ।
कार्यक्रममा नेकपाका नगर नेता नारायण सुबेदी, चोत्लुङलगायतले सरकारले लागु गरेको सामाजिक सुरक्षा योजना प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउन स्थानीय सरकारलाई सुझाएका थिए ।