माथिको शीर्षकले दिन खोजेको सन्देश के हो भने, ‘राई’ शब्दलाई जाति वाचक रुपमा मान्न÷लेख्न थालेपछि सो ‘राई’ शब्दले नेपालका अन्य जातजातिसरह अलग्गै जातीय अस्तित्व अथवा भनौं जातीय स्वपहिचान भएका आठपहरिया, ओम्बुले÷वाम्बुले, कागते, कुलुङ, कोयु, खालिङ, चाम्लिङ, छिन्ताङ, छिलिङ, जेरो, तिलुङ, थुलुङ, दुङमाली, दुमी, नाछिरिङ, पुमा, फाङदुवाली, बान्तावा, बाहिङ, बेलहारे, मेवाहाङ, याम्फु, राई, लिङखिम, लोहोरुङ, वालिङ, साम, साम्पाङ लगायत २८ वटा किराती जातिहरुको जातीय स्वपहिचान नै एक जाति ‘राई !’ मा गाभिएर नामेट हुन लागेको छ ।

हुन पनि माथि उल्लेखित २८ भन्दा बढी किराती जातिमध्ये विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा आठपहरिया, कुलुङ, खालिङ, चाम्लिङ, थुलुङ, नाछिरिङ, बान्तावा, बाहिङ, मेवाहाङ, याम्फु, लोहोरुङ, साम्पाङ र राई गरेर १३ वटा जातिको मात्रै अलग्गै जातीय जनसंख्या उल्लेख भएको छ । ओम्बुले÷वाम्बुले, कागते, कोयु, छिन्ताङ, छिलिङ, जेरो, तिलुङ, दुङमाली, दुमी, पुमा, फाङदुवाली, बेलहारे, लिङखिम, वालिङ, साम लगायत बाँकी किराती जातिहरुको जातीय जनसंख्याको अलग्गै तथ्यांक आएन, किनकि उनीहरुलाई राई ! जातिमै गाभियो । यस्तो किन भयो ? भन्दा नेपालका आम मानिसहरुमा राई भनेको नेपालको एक जाति हो अनि कुलुङ, बाहिङ, चाम्लिङ, बान्तावा, याम्फु, लोहोरुङ आदिचाहिँ राईभित्रको विभिन्न थरहरु हो भन्ने भ्रम रहेको छ । वास्तविकता त्यस्तो होइन । किनकि राई जात र कुलुङ, मेवाहाङ, बाहिङ, बान्तावा, याम्फु आदिचाहिँ राईको थर हुँदो हो त कुलुङ–कुलुङ, बाहिङ–बाहिङ, बान्तावा–बान्तावाबीच एकआपसमा कसरी विवाह हुन्छ ? नेपालको कुनै पनि जातजाति, समुदाय वा समूहले यसरी एकैथरी वा एकै गोत्रबीच विवाह गर्ने प्रचलन जीवित राखेका छन् ? तर, त्यसबारेमा भने हालसम्म ‘नेपालका मै हुँ !’ भन्ने विद्धानहरुले समेत प्रष्टसँग मुख खोलेर लेखेको वा बोलेको सुनिएको छैन ।

खासमा राई जात वा जाति नभएर नेपालको भगौलिक एकीकरणपछि पूर्वका किरातीहरु जस्तै लिम्बुलाई ‘सुब्बा’, सुनुवारलाई ‘मुखिया’, याक्खालाई ‘देवान’, थारुलाई ‘चौधराई÷चौधरी’ पदवी÷पगरी दिइए जस्तै कुलुङ, बाहिङ, मेवाहाङ, लोहोरुङ, बान्तावा, याम्फु आदिलाई पनि ‘राई’ पदवी÷पगरी दिइएको थियो । तत्कालीन राजा महेन्द्रको पालामा भूमिसुभार ऐन २०२१ लागू भएपछि (२०३३÷०३४ तिर तीब्र गतिमा गाउँ÷वडा÷टोल) सम्म लागू भएपछि त्यो बेलासम्म ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई÷चौधरी’, ‘राई’हरुको मातहतमा÷जिम्मा–जमानीमा रहेको जग्गा–जमीन रैती (हालको भाषामा भन्नु पर्दा जनता) हरुको नाममा नापी÷दर्ता भयो । यसरी रैतीहरुले पनि आप्mनो नामको पछाडि ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई÷चौधरी’, ‘राई’ लेख्न पाएका हुन् ।

यस्तो ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई÷चौधरी’, ‘राई’ पदवी÷पगरी पाएकाहरुको मातहतमा ‘कारबारी’, ‘बैदार’, ‘थरी’, ‘माथा’, ‘गौरुङ’, ‘करता’, ‘तोहले’ आदि पद पाएका मान्छेहरु पनि थिए । स्मरणीय छ, हाल लिम्बुले ‘सुब्बा’, सुनुवारले ‘मुखिया’, याक्खाले ‘देवान’, थारुले ‘चौधराई÷चौधरी’ लेख्न छाडिसके । त्यसैले अब कुलुङ, बाहिङ, मेवाहाङ, चाम्लिङ, साम्पाङ, खालिङ, लोहोरुङ, बान्तावा, याम्फु आदिले पनि ‘राई’को सिङको भारी बिसाएर आआप्mनो असली जातीय स्वपचिानले चिनिनुको विकल्प देखिदैन । यसैमा सम्पूर्ण किरातीहरुको भलाइ देखिन्छ । अझ प्रष्ट शब्दमा भन्नु पर्दा राई शब्दले कुलुङ, बाहिङ, मेवाहाङ, बान्तावा, याम्फु आदिलाई नसमेट्ने भएकोले बरु हामी खम्बु वा किरातमा जानुको विकल्प देखिदैन । माथि नै भनियो कि राई जात र कुलुङ लगायत अन्य किरातीहरु राईको थर होइन । किनभने, कुलुङ समुदायभित्रै २ सय ४० वटाभन्दा बढी थर र उपथरहरु छन्, र नै कुलुङ–कुलङबीचमा विवाहवारी हुन्छ । बुभ्mने नै हो भने राई पदवी÷पगरीले एकीकरण वा सम्मिलीकरण मात्रै गर्छ, यसले किरातीभित्रको जातीय विविधता, भाषिक विविधता, संस्कारगत विविधता, भेषभुषा, चाडबाड, रहनसहन, धार्मिक मूल्य–मान्यता लगायत विविधिकरणलाई अस्वीकार गर्छ । वास्तवमा कुलुङ लगायत किराती जातिहरु राई एकै हो ! भन्दै राई जातिको नाममा बान्तावाकरणमा सम्मिलीकृत हुन चाहँदैन ।

जस्तो यसको एउटा मात्रै उदाहरण भनेको विगतमा राईको भाषा भनेर बान्तावा भाषाको पाठ्यक्रम बाँकी सबै किराती भाषी बालबालिका पढ्ने स्कुलहरुमा लादियो । त्यस क्रममा संभवतः एकजना पनि बान्तावा भाषा वक्ता नभएको ओखलढुंगा, सोलुखुम्बु आदि जिल्लामा पनि बान्तावा भाषाको पाठ्यक्रम पठाइयो । फलतः ती जिल्लाका जिल्ला शिक्षा कार्यलयमा बर्षौंसम्म बान्तावा भाषाका पाठ्यक्रम कुहिएर बस्यो । संस्कार, संस्कृति, चालचलन र भेषभुषा पनि राईको भन्दै बान्तावाकै लादियो । जसको प्रभाव बान्तावाबाहेक अरु किरातीहरुमा अभैm पनि देखिन्छ । त्यसो त राईको आप्mनै मौलिक केही नभएकैले गर्दा वर्षमा दुईचोटि काठमाण्डौको टुँडीखेल, हात्तीवन, तिखेदेवल, नखिपोट, लगायत देशका अन्य सहरबजारका सार्वजनिक ठाउँहरुमा राईको चण्डी नाच ! भन्दै नाच्दा गुन्यु, चोली, दौरा, सुरुवाल, ढाकाटोपी र इस्टकोट लगाएर (केहीले बाहेक) उफ्रीपाफ्री गर्ने गर्छन् ।

खासमा राईको अस्तित्व रहेन भने, राई यायोक्खाका प्रमुखहरुले ‘राई !’ भजाउने आधार नहुने भएर नै ‘जसले राई होइन भन्दैछ, उसको नागरिकतामा मात्रै होइन, तीनपुस्तेमा समेत राई छ !’ भन्छन् । तर, कुनै पनि जातजाति वा भाषाभाषीको आपूm को हुँ ? भन्ने आधार नागरिकता नभएर ऐतिहासिक भूमि, इतिहास, वंश, पिता–पूर्खा, मातृभाषा, धर्म, संस्कार, संस्कृति, रहनसहन, भेषभुषा चालचलन आदि हो । त्यसैले आज आएर राई यायोक्खाका प्रमुखहरुले सार्वजनिक रुपमा स्वीकार नगरे तापनि सेफल्यान्डिङ चाहेका छन् । किनकि, कुलुङले सुरु गरेको जातीय स्वपहिचानको आन्दोलनले यो रुप लेला भन्ने एक रत्ति पनि सोचेका थिएनन् ।

माथि नै उल्लेख भएको छ कि, विसं २०६८ को ११ औं जनगणनामै १२ वटा किरातीहरु अलग्गै जातिका रुपमा आएका थिए भने लगभग तीन वर्षपछि (विसं २०७८ मा) हुने १२ औं राष्ट्रिय जनगणनामा किरातीहरुको जातीय संख्या बढेर कम्तिमा १७÷१८ वटा हुने÷पुग्ने अनुमान गर्न सकिन्छ भने राईको जनसंख्या पनि विसं २०६८ को गणनामा जसरी घटेर ६ लाख २० हजार चानचुन मात्रै भयो, त्यसरी नै विसं २०७८ को गणनामा अरु घट्ने निश्चित छ । किनभने विसं २०५८ को १० औं जनगणनामा राईको जनसंख्या ६ लाख ३६ हजार चानचुन थियो । यसरी हेर्दा विसं २०६८ को ११ औं जनगणनामा एक दशमलब पाँच प्रतिशतले मात्रै बढ्दा पनि राईको जनसंख्या बढेर ६ लाख ८०–८५ हजारदेखि ६ लाख ९५ हजार÷७ लाख चानचुन पुग्नुपर्नेमा घटेर ६ लाख २० हजार चानचुन भएको थियो ।

थप केही बुभ्mन परेः ०१४६२०२००, ९८६२४३६०४९