धरान / प्रदेश १ को स्थायी राजधानी वृहत विराट क्षेत्र समेटे विराटनगर नै कायम गर्न नेकपाको संसदीय दलले निर्णय गरेको छ ।
नेकपा संसदीय दलको आज बसेको बैठकले प्रदेश राजधानी विराटनगरमा राख्ने निर्णय गरेको हो । यस अघि पार्टीमा वृहत विराट क्षेत्र समेटेर विराटनगर, इटहरी र 

मोरङको सुन्दरहरैयामा प्रदेशका संरचनाहरु राख्ने गरि राजधानी कायम गनेृ निर्णयमा सहमति गरेको थियो । आज बसेको संसदीय दलको बैठकले विराटनगर राजधानीको पूस्ताव लाने गरि निर्णय गरेको हो ।

संसदीय दलको निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले भने ‘राजधानी विराटनगर रहने कार्यपालिका, व्यवस्थापिकालगायतका संरचना इटहरी विराटनगर सुन्दरहरैंचा आसपास संरचना निर्माण गर्ने निर्णय भएको छ ।

चार वटा प्रस्ताव दर्ता
प्रदेश सभामा धनकुटा राजधानीका लागि नेपाली काङग्रेसकी लिला सुब्वाले दर्ता गराएकीछन् । रामचन्द्र लिम्बु समर्थक रहेका छन् । यस्तै धनकुटा राजधानी कामय गराउन निरन राईले प्रस्ताव गरेका छन् । समर्थममा नेकपाका इन्द्रमणी पराजुली र कुमुमकुमारी श्रेष्ठ रहेका छन् । विराटनगर राजधानीका लागि नेपाली काङ्ग्रेसका केदार कार्कीले प्रस्ताव दर्ता गराएका छन् । समर्थकमा शिवनारायण गनगाई र जयराम यादव रहेका छन् ।
कार्यपालिका विराटनगर, व्यवस्थापिका इटहरी रहेकी संरचना गोठगाउँमा रहने गरि नेकपाका सचेतक बृद्धिकुमार राजभण्डारीले प्रस्ताव प्रदेशसभामा प्रस्ताव दर्ता गराएका छन् । समर्थकमा नेकपाकै लिलम बस्नेत राजकुमार ओझासहित ७ जना रहेका छन् ।

धरान राजधानी राख्ने विषयमा कसैको प्रस्ताव परेन
प्रदेश सभामा सुनसरी क्षेत्र नं. १ बाट पाँच जना माननीय भए पनि धरान राजधानी प्रस्ताव कसैले दर्ता गराएनन् । वृहत विराट क्षेत्रमा पनि धरानलाई समेटेको छैन् । आजै धरानका राजनीतिक दलहरुले संसद सचिवालयमा धर्ना दिएका थिए । तर धरान क्षेत्रको मत पाएर जितेका सांसदहले धरान राजधानी हुनु पर्दछ भनेर आवाज नउठाएको धरानवासीले गुनासो गरेका छन् ।

प्रदेशको राजधानी प्रदेशसभाको दुई तिहाइ बहुमतले टुंगो लगाउने संवैधानिक व्यवस्था छ । प्रदेश १ मा नेकपाको दुई तिहाइ बहुमत छ । राजधानी धरान यटहरी र धनकुटा कायम गर्नु पर्ने माग गदैं सडक आन्दोलन भइरहको छ ।