धरान / प्रदेश १ को राजधानीको विषयलाई लिएर पूर्वमा आन्दोलन चर्किएको छ । विराटनगरले विहानै देखि हडताल गरेको छ । यता धरानमा पनि प्रदेश राजधानीको माग गर्दै विद्यार्थी, युवा र मजदुरहरुले दिउसो प्रर्दशन गरेका छन् । मध्य दिउसो टायर बालेर आन्दोलन चर्काए पछि प्रहरी र आन्दोलनकारी विच झडप भएको छ । टायर बाल्न नदिदा प्रहरी प्रर्दशनकारी विच तनाव भएको थियो । प्रर्दशनमा नेकपा समर्थित विद्यार्थी संगठन, युवा र मजदुर संगठनको सहभागीता रहेको थियो ।
टायर बाल्न पेट्रोल छर्कदा दुई विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । विद्यार्थी रविन श्रेष्ठ र बुद्रोस लिम्बू सामान्य घाइते भएको बताइएको छ ।  दुवैलाई विजयपुर हस्पिटलमा उपचार गरिएको छ ।

संसदमा धरानलाई राजधानीको प्रस्ताव वा धरानमा पनि संरचना ल्याउने भनेर प्रस्ताव दर्ता नगरिएकोले आन्दोलनमा उत्रिएको उनीहरूले बताएका छन । 
काङ्ग्रेस सहभागी भएनः साढे ३ बजे छ्ट्टै प्रर्दशनको तयारी
यता राजधानी आन्दोलनमा नेपाली काङ्ग्रेस भने सहभागी भएन । अहिले साढे ३ बजे छ्टटै प्रर्दशन कार्यक्रम तय भएको नगरका नेता प्रेम पराजुलीले जानकारी दिए ।

नेकपाका शीर्ष नेता र संसदीय दलको बैठकले विराटनगरलाई स्थायी राजधानी बनाउने र इटहरी, सुन्दरहरैचा क्षेत्रमा कार्यपालिका र व्यवस्थापिकाको संरचना रहने प्रस्ताव दर्ता गर्ने निर्णय सबै प्रस्ताव दर्ता भए पछि धरान आन्दोलित भएको हो । धरान राजधानीको विषयमा कसनै प्रदशेसभा सदस्यहरुले प्रस्ताव दर्ता नगरे पछि धरानेहरु सुनसरी क्षेत्र नं. १ बाट निर्वाचित प्रदेशसभा सदस्यहरुको आलोचनासमेत गरेका छन् ।