काठमाडौं । पुरुषहरूका लागि सौन्दर्य प्रतियोगिता ‘मिष्टर हिमालय नेपाल २०१९’ आयोजना हुने भएको छ ।

देशभर छरिएर रहेका र अवसरको खोजीमा रहेका पुरुषहरूको प्रतिभा निखार्ने उद्देश्यले प्रतियोगिता आयोजना हुन लागेको हो । आयोजक फेसन सिटीले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताका लागि आवेदन खुल्ला भएको जनाएको छ । प्रतियोगितामा १८ देखि ३२ वर्षसम्म उमेर हद तोकिएको छ । फाइलन आगामी २८ असारमा आयोजना हुनेछ ।

शीर्षसहित प्रतियोगितामा करिब आधा दर्जन बढी विजेता छानिनेछ । शीर्ष विजेतालाई चलचित्र, म्युजिक भिडियो अभिनयको अफर प्रदान गरिने छ । प्रतियोगिताको पहिलो अडिसन जेठको दोस्रो साता हुनेछ । छनौट भएकाहरूलाई विभिन्न तालिम प्रदान गरिने नेपाल फेसन सिटीकी प्रबन्ध निर्देशक रुथ मास्केले जानकारी दिइन् ।