विश्वमा हालसम्मकै सबैभन्दा धेरै कमाएको फिल्म हो ‘अवतार’ । सन् २०१४ मा प्रदर्शनमा आएको यो फिल्मको सिक्वेल आउने धेरै पटक चर्चा पनि चल्यो । अवतारको सिक्वेल कहिले आउला भनेर दर्शकहरूले लामो समयदेखि प्रतीक्षा गरिरहेका छन् । 
 
तर, अब भने अवतारको दोस्रो सिक्वेल आउने भएको छ । सन् २०२१ को डिसेम्बर १७ मा रिलिज हुने भएको छ । यो फिल्मको पहिलो भाग सन् २००९ मा रिलिज भएको थियो ।
 
जेम्स क्यामरुनले निर्देशन गरेको ‘अवतार’ मा अर्कै ग्रहमा बस्ने एलियन र पृथ्वीवासीको कथा छ । चलचित्रले विश्व फिल्मीजगत्मा कैयन् रेकर्ड राखेको थियो । यो फिल्म पाँच भागमा रिलिज हुनेछ । फिल्मको रिलिज मिति बारम्बार सर्दै आइरहेको छ ।