लागुऔषधसहित दुई युवक पक्राउ

alt
  • बैशाख २७, २०७६
  • १५८ पटक पढिएको
  • रासस

लहान / प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा लागुऔषधसहित सिरहाको धनगढीमाई नगरपालिका–११ निवासी १८ वर्षीय राकेश मण्डललाई पक्राउ गरेको हो ।
पक्राउ परेका मण्डलको साथबाट नाइट्रोजेपाम ५३ ट्याब्लेट प्रतिबन्धित लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । यस्तै अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बसबिसौनी नजिकैबाट लागुऔषधसहित लहान नगरपालिका–१९ निवासी २० वर्षीय अशोककुमार यादवलाई पक्राउ गरेको हो ।
यादवको साथबाट नाइट्रोजेपाम १६ ट्याब्लेट बरामद भएको प्रहरीको भनाइ छ । यस्तै प्रहरीले सिरहाका विभिन्न स्थानबाट करीब रु डेढ लाख मूल्य बराबरको अवैध सामानसहित मोटरसाइकल बरामद गरेको छ । भन्सार छलेर अवैध रुपमा ल्याएको विभिन्न किसिमका कपडासहित बीआर३२जे ०२२७ नंको मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । बरामद सबै सामान कारवाहीका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने जनाएको छ ।

साउन लाग्याे, बोलबम

देउराली । साउन महिनाको सुरुवातसंगै धरान उपमहानगरपालिकास

साढे दुई हजार कर्मचा

  काठमाडाै / राष्ट्रिय सतर्कता केन्द्रले गत

वीपी प्रतिष्ठानको नि

धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्

पाँचथरमा पहिरै पहिर

 यासोक /  पाँचथरको कुम्मायक गाउँपालिकामा लामो


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved