श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ वैशाख ३० गते सोमबार, १३ मे २०१९ । वैशाख शुक्लपक्षको नवमी तिथि १४ः२३ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र मघा ०९ः५० बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ५ः१८ र सूर्यास्त ६ः४४ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । राजनैतिक निकायमा तपाइको उच्च स्थान रहला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय हुनसक्छ । सवारी साधनको प्रयोगमा सावधानी हुनुहोला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । पारिवारिक खुसीयाली छाउला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष उम· र उत्साह छाउला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लामो समयदेखि रोकिएका कामकाजहरु सुचारु हुनेछन् । शुभ कार्यको चर्चा चल्नेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । बन्न लागेको काममा केहि समस्या आइपर्न सक्छ । अनावश्यक काममा फसिएला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । आफ्नो भन्दाअरुको काममा बढी समय दिनुपर्ला । विश्वासपात्रबाट धोका होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शिर तथा आ“खा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक संकटको सामना गर्नुपर्नेछ । दिन सामान्यखालको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । विवाह व्रतवन्ध जस्ता कार्यक्रममा संलग्न भइएला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय उत्तमखालको छ । शैक्षिक क्षेत्रमा विशेष लाभ मिल्ला । नया“ कामको शुभारम्भ हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कला तथा साहित्यमा रुचि बढ्नेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । शुभ समाचार सुन्न पाइएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । ुुसाथीभाई तथा आफन्तजनहरु संग भेटघाट होला ।