धरान । धरानमा खुल्ला स्नुकर टुनामेन्ट जेठ १ गतेदेखि शुरु हुने भएको छ । धरानको चेल्सी स्नुकर हाउसले प्रतियोगिता हुन लागेकोबारे मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

प्रतियोगितामा ८० देखि १०० जना स्पर्धीहरू सहभागी हुन सक्ने चेल्सीका सञ्चालक कुन्दन तामाङले बताए । प्रतियोगिता विजेताले नगद एक लाख ५ हजार रुपैयाँसहित ट्रफी पाउने छन् भने फस्ट रनरअपले नगद ५५ हजार रुपैयाँसहित ट्रफी पाउने छ ।

व्यक्तिगततर्फ ‘हाइएष्ट ब्रेक’ ले नगद २० हजार रुपैयाँ प्राप्त गर्ने छ । जेठको ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता स्नुकरको अन्तर्राष्ट्रिय मापदण्डसहित स्थानीय मापदण्डमा खेलाइने सञ्चालक तामाङले बताए । चेल्सी नोल विलियार्ड स्नुकर नयाँ पुलसँग आवद्ध रहेको छ । २०७२ सालमा चेल्सी स्नुकर हाउस स्थापना भएको हो ।