धरान / २०११ सालमा धरानमा रहेको व्रिटिस कयाम्प(हाल पोखरा सरेको छ)बाट नेपालमा बास्केटवल भित्रिएको नेपाल बास्केटवल संघका केन्द्रीय अध्यक्ष टेन्डीलामा शर्पाले एउटा कार्यक्रममा बताएका थिए । धरानबाट राजधानी भित्रीएकाहरुले काठमाण्डौमा बास्केटवल खेल भित्राएको उनले बताएका थिए । इतिहास खोज्दैं जाँदा व्रिटिसले नै नेपालमा बाँसकेटवल खेल भित्राएको पाइएको छ ।
बास्केटवल शुरुवात हुने स्थान धरानलाई केन्द्रले भने अहिलेसम्म चिनेको छैन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता हुदा धरानले थाहा पाउदैन् । धरानले मात्र होइन पूर्वमा कुनै खेलाडीले राजधानीको प्रतियोगिताहरुमा सूचना नपुग्ने गरेको बास्केटल क्षेत्रीय प्रशिक्षक विकास चाम्लिङ राई बताउछन् ।
२०६६ सालमा करारमा बास्केटल प्रशिक्षक नियुत्ति भएदेखि उनले धरान तथा पूर्वका ठूला शहरहरुमा बास्केटवल प्रशिक्षण दिदै आएका छन् । ‘यो अवधीमा ४÷५ सयले बास्केटल प्रशिक्षण लिए तर राष्ट्रिय खेलमा अवसर भने एकादुईले त्यो पनि मुस्किलले पाएकाछन् ।’–प्रशिक्षक राईले भने ।
राष्ट्रिय खेलकुद परिषद्ले नेपालमा ५ जना प्रशिक्षकहरु राखेको छ । ४ जना काठमाण्डौमै छन् । प्रशिक्षक एउटा पूर्वलाई दिएको छ तर सार्वजनिकस्थलमा बास्केटल कोट छैन् । सरकारी स्तरमा कोट बनाउन कुनै पहल नभए पछि स्थानीय डिपोट उच्च मावि धरान–१८ मा जिल्ला बास्केटल संघ र प्रशिक्षक राईको सकृयतामा अन्तर्राष्ट्रिय मापदण्डको कोट निर्माण गरिएको छ । ७ औ साफ गेमसमेत यही कोटमा खेलाईएको थियो ।
स्कुलले बास्केटल खेललाई प्राथमिकतामा राखेर प्रशिक्षक पनि नियुक्त गरेको छ । यही विद्यालयको सकृयताले पूर्वको वास्केटल धानेको सुनसरी वास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले बताए ।

विद्यालयमै नियमित प्रशिक्षण

IMAG3165_1 काठमाण्डौले मोफसललाई विर्सिए पनि धरानमा नियमित प्रशिक्षण तथा प्रतियोगिताहरु भने हुदै आएका छन् । १५ बर्षदेखि राईले नियमित प्रशिक्षण गराउदै आएका छन् । डिपो स्कुलमै बोलाएर खेलप्रति जागरुक हुनेलाई नियमित निशुल्क प्रशिक्षण गराउछन् । ५ सय भन्दा बढिलाई प्रशिक्षण दिए तर यहाँ सिकेका खेलाडीहरुले त्यही खेलमा करिअर बनाउन भने पाएनन् । धरानका उदयमान खेलाडीहरु नविन राई, रोशन राई, युगल लिम्बु र बसन्त राईले प्रशिक्षक प्रशिक्षणसमेत लिएका छन् । खेल्ले वातावरण नहुदा उनीहरु त्यतिकै थन्किएका छन् । तर बाँस्केटलमा धरानले प्रदेश १ को इज्जत भने धानेको छ ।

अवसर नभए पछि नारा फेरियो
राष्ट्रिय प्रतितियोगिताहरुमा मोफसललाई कुनै खवर आउन छाडे पछि प्रशिक्षक राईले खेलको नारा फेरेका छन् । पहिले प्रशिक्षण दिदा व्यवसायीक खेलाडी बन्नु पर्छ भनेर मरिहत्ते गरेर प्रशिक्षण दिने गरेका थिए । यति बेला भने ‘ अुनसासन, शिक्षा ,स्वास्थ्य त्यस पछि वास्केटवल’ भनेर प्रशिक्र्षाीहरुलाई भन्ने गरेका छन् । पहिलो कुरा अनुसासित हुन खेल, दोश्रो शिक्षा तथा स्वास्थ्य र तेश्रोमा मात्र व्यवसायिक खेललाई प्राथमिकतामा राखेर प्रशिक्षण दिने गरेको प्रशिक्षक राईले बताए । ‘व्यवसायिक खेलाडी बन भन्यो तर खेल्ले अवसर नै पाउदैनन् । त्यही भएर स्वस्थ्य बन्नलाई खेल भन्ने गरेको छु ।’–प्रशिक्षक राईले भने ।
काठमाण्डौमा खेल्ने भन्दा अव्वल खेलाडी यहाँ उत्पादन भए पनि काठमाण्डौले खवर नगर्दा उनीहरुले आफ्नो क्षमता प्रर्दशन गर्न नपाएको नेपाल बास्केटवल संघका केन्द्रीय उपाध्यक्ष सुरज लामाले बताए । धरान स्थायी घर भएका लामा पनि मोफसल ओझेलमा परेको बताउछन् । कुनै खेल हुने थाहा पाएर पठायो भने पनि सबै खर्च खेलाडीले नै व्यहोर्नु पर्दा राम्रा खेलाडीहरुले अवसर नपाएको उनको भनाई छ । काठमाण्डौमा हुने क्लोज क्याम्पहरुमा कहिल्यै खवर नगर्ने गरेको प्रशिक्षक राईले गुनासो गरे ।

विद्यालयहरुमा बास्केटवललाई प्रथामिकता
बस्केटवलको शुरुवात नै धरानबाट भए पनि बासकेटल यतिबेला काठमाण्डौ हावी भएको सुनसरी वास्केटल संघका अध्यक्ष सुवेदी बताउछन् । पूर्वमा धरानमा बास्केटलमा खेलाडी उत्पादनलाई ध्यान दिएर विद्यालयहरुले प्राथमिकतामा राखेका छन् । एम्स् एकेडेमी, डिपोट उच्च मावि, केके इन्टरनेसनल स्कुललगायतले प्रशिक्षक राखेर बास्केटवल खेललाई प्राथमिकता दिएका छन् । धरानमा उत्पादन भएका खेलाडीहरुले व्यवसायी खेल खेल्न नपाए पनि स्कुलहरुमा प्रशिक्षण दिन पाएका छन् ।

शिविर संचालन गरेर प्रशिक्षण
जिल्ला बास्केटवल सुनसरीको आयोजनामा दुई बर्ष अघिदेखि नियमित शिविर संचालन भइरहेको छ ।हाल एक सातादेखि धरानका विभिन्न विद्यालयका ४० जना विद्यार्थीहरुले बाँस्केटवलको प्रशिक्षण लिइरहेका छन् । शिविरमा उत्कृष्ट हुने खेलाडीहरुलाई जिल्ला बाँसकेटव संघको पहलमा धरानका उत्कृष्ट कलेजहरुमा निःशुल्क अध्ययनको व्यवस्था समेत मिलाइएको प्रशिक्षक राईले बताए । हाल १ण् जना खेलाडीहरुले धरानका विभिन्न कलेजमा निशुल्क अध्ययन गरिरहेका छन् ।