धरान/ मङ्गलबार धरान–८ स्थित सभागृहमा धरान प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको अन्तर माविस्तरीय बालनाटक प्रतियोगितामा युरेका आवासीय मावि प्रथम भएको छ ।

प्रथम हुने युरेकाले ३५ हजार नगद, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्यो । युरेकाले शान्तिराम राईले निर्देशन गरेको ‘अधुरो यात्रा’ शीर्षकको नाटक मञ्चन गरेको थियो । त्यस्तै दन्तकाली मावि दोस्रो भएर २५ हजार नगद र प्रमाण–पत्र प्राप्त ग¥यो । दन्तकालीले कृष्ण तिम्सिनाले निर्देशन गरेको ‘उज्यालोतिर’ शीर्षकको नाटक मञ्चन गरेको थियो ।

त्यस्तै समिट सेकेण्डरी स्कुल तेस्रो भएर १५ हजार नगद र प्रमाण–पत्र प्राप्त गर्यो । समिटले तीर्थराज बराइलीले निर्देशन गरेको ‘नयाँ गन्तव्य’ शीर्षकको नाटक मञ्चन गरेको थियो । चौथो भएको शारदा बालिका स्कुलले १० हजार नगद र प्रमाण–पत्र प्राप्त ग¥यो । शारदाले तारा बरालले निर्देशन गरेको ‘बालहिंसा’ नाटक मञ्चन गरेको थियो ।

मञ्चन भएका नाटकहरूमध्येबाट उत्कृष्ट निर्देशक शान्तिराम राई घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । आफूले पाएको नगद राईले नाट्य क्षेत्रको विकास गर्न भनी आयोजकलाई नै प्रदान गरे । कार्यक्रमका प्रमुख अतिथि सुनसरी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य जयकुमार राईले नाटकमा उत्कृष्ट हुनेलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सुनसरी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य जयकुमार राईले नाटकमा उत्कृष्ट हुनेलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए ।  उनले प्रज्ञा प्रतिष्ठानको बाल नाटक महोत्सव २०७६ लाई सम्बोधन गर्दै धरानलाई मृत शहर हुनबाट जोगाउन कला साहित्यको पनि निकै भूमिका रहेको बताए । उनले धरान विकास र समृद्धिको शहर हुने बताए । धरान सबैकुराले भरिपुर्ण भएको भन्दै उनले अब सबै जनप्रतिनिधिहरु मिलेर सडक सञ्जाल विस्तार गरिरहेको पनि बताए ।

कार्यक्रममा जम्मा ७ वटा विद्यालय सहभागी भएको आयोजकले जनाएको छ । कार्यक्रममा परिवर्तन थिएटर झापाकी रङ्गकर्मी कविता नेपाल, धरान प्रज्ञा प्रतिष्ठानबाट शारदा शाक्य र अनाम नाट्य जमातबाट शोभा खजुम निर्णायक रहेका थिए ।