अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘आप्पा’ को नयाँ गीत ‘अमला’ सार्वजनिक भएको छ ।

मेलिना राई र एसडी योगीको आवाज रहेको गीतमा सुशान्त गौतम र योगीकै सङ्गीत सुन्न सकिन्छ । हर्क साउदको शब्द रहेको गीतको भिडियोमा अभिनेता दयाहाङसँगै, अल्लोना काबो लेप्चा, सिद्धान्तराज तामाङको अभिनय छ ।

यसअघि जेठ २४ गतेका लागि प्रदर्शन मिति तय गरिए पनि अब भने फिल्म असार १३ गते प्रदर्शनमा आउनेछ । अनमोल गुरुङको निर्देशन रहेको फिल्ममा दयाहाङ, अल्लोना, सिद्धान्तका साथमा अरुणा कार्की र तुलसी घिमिरेलगायतको अभिनय छ ।