धनकुटा। धनकुटाको शहीदभुमी गाउँपालिका-२ अखुवाटार जंगलबाट प्रहरीले मंगलबार ८ किलो गाँजा बरामद गरेको छ । अपरान्ह ४ बजेको समयमा जंगलमा रहेको बाँसको झ्याङमा प्लाष्टिकको बोरामा सेउलाले छोपेर वेवारिसे अवस्थामा राखिएको उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ भने सो सम्बन्धमा थप अनसुन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।