भद्रपुर । झापा हल्दीबारीका एक किशोरले स्थानीय ६ वर्षिया बालिकालाइ करणी गरि फरार भएका छन् । गाउँपालिका ३ सुकुम्बासीका अन्दाजी १६ वर्षिय किशोरले छिमेकी बालिकालाइ जबरजस्ती करणी गरेर फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

स्थानीय लक्ष्मी माध्यामिक विद्यालयमा वालविकास कक्षामा अध्ययनरत बालिकालाइ सोही विद्यालयमा अध्ययनरत किशोरले करणी गरेको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले बताए । घटना विवरण अनुसार गत विहीबार विद्यालयबाट घर फर्किदै गरेको अवस्थामा अपरान्ह साढे चारबजे मकैबारीमा फलेको पुटुकी खान जाउ भन्दै बोकेर लगेर करणी गरेको बालिकाले बताएको लक्ष्मी हस्दाले बताइन ।

घरमा रुदै आएपछि सोधपुछको क्रममा जबरजस्ती आफुमाथि करणी गरेको पीडित बालिकाले परिवारलाइ जानकारी गराएपछि घटना सार्वजानिक भएको लक्ष्मीले बताइन् ।

किशोरले यसअघि पनि दुइ पटक विभिन्न समयमा करणी गरेको बालिकाले परिवारलाइ सुनाएको उनले जनाइन् । पीडित बालिका मङ्लबार विहानबाट वान्ता गर्ने ,तल्लो पेट दुख्ने खाना खान मन नलाग्ने भएर बिरामी परेपछि सोहीदिनबाट मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार गराइरहेको परिवारले जनाएका छन् ।

घटनापछि पीडितका परिवारले शुक्रबार प्रहरी चौकी वडाबारीमा पीडक विरुद्ध जाहेरी दर्ता गराएका थिए । जाहेरीको आधारमा जिल्लामा जबरजस्ती करणीमा मुद्दा दर्तागरि फरार किशोरको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । किशोर नाबालक भएकोले नाम गोप्य राखिएको डिएसपी श्रेष्ठले बताए ।