श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ जेठ २ गते बिहीबार, १६ मे २०१९ । वैशाख शुक्लपक्षको द्वादशी तिथि ०७ः३१ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र चित्रा ०६ः३८ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमाराशि कन्या, सूर्योदय ५ः१७ र सूर्यास्त ६ः४५ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । कार्य व्यस्तताले परिवारमा समय दिन नपाइएला । नयाँ कामको शुभारम्भ हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । रमणीय स्थानको भ्रमण हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । महिला मित्रको विशेष सहयोग मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । बिछोडिएका साथीभाइसित रमाइलो भेट होला । मन प्रसन्न बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धातु तथा वाहन खरिद हुनेछ । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना होला । मन प्रसन्न रहनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । मिष्ठान्न भोजन प्राप्त होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । रोकिएका कामकाजहरू सुचारु हुनेछन् । लाभदायी यात्रामा सरिक भइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विद्या र बुद्धिको विकास हुनेछ । कुनै सभा समारोहमा सरिक भइएला । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन–चा“दी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । महिला मित्रको विशेष सहयोग मिल्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहला । रमणीय स्थानको भ्रमण होला  । शुभसमाचार सुन्न पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषि तथा पशुचौपाको व्यापार–व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तजनको सहयोग प्राप्त भइरहला ।