जिरोपोइन्ट /  किरात राईहरुको उभौली(साकेला) पर्वलाई यस वर्ष पनि किरात राई यायोख्खा सुनसरीले धरानमा उत्सवको रुपमा मनाउने भएको छ ।

जेठ ४ गतेदेखि १८ गतेसम्म विविध कार्यक्रम गरि उभौली उत्सव मनाउन लागेको हो । साकेलामा किरात प्रदेशको माग गर्दै प्रतियोगिताहरु आयोजना गरिने बिहिबार पत्रकार सम्मेलन गरी किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीले जानकारी दिएको छ ।

नयाँ अन्नबाली लाउने बेला कुनै प्राकृतिक प्रकोप नहोस, समय राम्रो होस, अन्नबाली सप्रियोस भनेर चार किरातहरुले बनाउदैं आएका छन् । पहिलो दिन जेठ ४ गते धरान–१३ ले हाङ बुद्धीकर्ण दरबार क्षेत्र, विजयपुरबाट विधिवत रुपमा पुजा गरी साकेलाको सुरुवात गर्ने कार्यक्रम रहेको प्रचार संयोजक उपेन्द्र चाम्लिङले जानकारी दिए ।

सोहि दिन इटहरी ५ र ७ नम्बर वडा समितिले काब्यबाटिका इटहरीमा साकेला नाचेर यसवर्षको उभौली पर्व सुरु गरिने बताइएको छ । जेठ १८ गते अन्त्यमा साकेलासिल प्रतियोगीता ह्ने छ । जेठ ११ गते भानुचाैकमा हुने कार्यक्रममा प्रदेश १ का प्रमुख प्रतिपक्ष दलका नेता राजीव कोइरालालगायतका नेता अाउने कार्यक्रम रहेको छ । कार्यक्रमकाे समापन जेठ १८ गते हुँदै छ । 

तीन साकेला सिली

किरात राईहरुले विशेष गरी साकेला ३ वटा सिलि क्रियाकलात्मक सिलि, अनुकरणात्मक सिलि र आराधनात्मक सिलिमा आधारीत रहेर नाच्ने गरेको छ । किरात राई यायोक्खा सुनसरीले साकेला सिलीको मौलिकतालाई बचाइराख्न प्राकासस्तरीय साकेला सिली प्रतियोगिता २०५८ सालदेखि शुरू गरिएकाे हाे ।

समापनको अन्त्यमा वाबु साँझको पनि आयोजना गरिएको छ । साँझमा स्थानीय कलाकारहरुले मनोरञ्जन दिने यायोख्खाका सुनसरी अध्यक्ष बलराम राईले जानकारी दिए ।