धरान / आफ्नै घर अगाडि नामङ्गै मृत अवस्थामा भेटिएकी पथरी–२ की रिना बस्नेतका प्रेमी कमल नेपाल धरौटीमा छुटेका छन् ।

मोरङ पथरी शनिश्चरे नगरपालिका– २ पथरी बजारमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी रिनाको शव ७ वैशाखमा डेरा अगाडि नग्न अवस्थामा भेटिएको थियो । स्थानीयले उनका ेहत्यारालाई पत्ता लगाउन माग गदैं आन्दोलन गरेका थिए ।
व्यापक जन दवाव पछि प्रहरीले उनका प्रेमी कमल नेपाल र दमकमा होटल सञ्चालन गर्दै आएकी पूजा भनिने लक्ष्मी थापालाई पक्राउ गर िअनुसनधान गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय मोरङले भने कमललाई १० हजार र लक्ष्मीलाई ५ हजार धरौटीमा छाडेको छ । दुबै जना आज छुटेका हुन ।

पोष्टमार्टम रिपोर्ट र घटनाको विस्तृत अनुसन्धानले हत्या भएको नदेखिएको प्रहरीले बताएको छ । अनुसन्धानका क्रममा प्रहरीले ३ जनाको पोलिग्राफ जाँच गर्नुका साथै ३७ जनाको लिखित बयान लिएको दावी गरेको छ । बीपी प्रतिष्ठानमा गरिएको फरेन्सिक ल्याबको रिपोर्टमा पनि हत्या भएको नदेखिएको प्रहरीले जनाएको छ । फरेन्सिक रिपोर्टमा मादक पदार्थ सेवन गरेको देखिएको प्रहरीले बताएको छ ।
प्रेमी भनिएका कमल, उनकी श्रीमती मनिता र रिनाको कोठा भएको फ्लाटमा बस्ने मदन गुरागाईंको पोलिग्राफ जाँच गरेको थियो । पोलिग्राफ जाँच गर्दा तीनजनाको बयान झुटो नपाइएको प्रहरीले जानकारी दिएको छ ।सबै सवुत बयान पछि प्रहअरी हत्या नभई आत्म हत्या भएको निक्ष्कर्षमा पुगेको छ ।