उर्लाबारी । उर्लाबारी नगरपालिकाले नगरमा रहेका खानेपानी संस्थाको गुणस्तर निगरानीका लागि नगर प्रमुख खड्ग फागोको संयोजकत्वमा ९ सदस्यीय गुणस्तर परीक्षण समिति गठन गरेको छ ।

नगरपालिकाले राष्ट्रिय खानेपानी गुणस्तर परीक्षण निर्देशिका – २०७० बमोजिम बिहीबार उक्त समिति गठन गरेको हो । समितिले पानीको मुहानको चेकजा“च, उपभोक्ताका धारामा आउने पानीको मुहान तथा ईनार र ट्युवेलको पानीको समेत नमुना संकलन गरी प्रयोगशालामा चेकजा“च गरी समन्धित संस्थाहरुलाई गुणस्तरिय पानी वितरणका लागि निर्देशन दिने बताउदै“ नगर प्रमुख फागोले आम उपभोक्तालाई स्वस्थ्य पानी पिउने वातावरण सृजना गर्ने बताएका छन ।

नगरप्रमुख फागोले आगामी ३ बर्ष भित्रमा नगरका सवै वडाहरुमा मापदण्ड अनुरुपको पानी खुवाउने योजना अनुरुप कार्य योजना बनाईने बताउदै“ मानव स्वस्थ्यमा प्रत्यक्ष सरोकार राख्ने पानीमा सवैका पहुच“मा पुग्नु पर्ने धारणा राख्दै उक्त कार्यका लागि नगरपालीकाले बिषेश योजना संचालन गर्ने तयारी गरीरहेको बताएका छन ।

सो समितिको सदस्यमा नगरपालीकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद भट्टराई, योजना शाखा अधिकृत मुरारीप्रसाद घिमिरे, स्वास्थ्य शाखा सह–संयोजक रेणुकाप्रसाद काफ्ले, प्रयोगशाला प्रमुख डेङ्जु राई, उर्लाबारी खानेपानी प्रतिनिधि तथा उपभोक्ता मदनबाबु प्रसाई, मंगलबारे खानेपानी प्रतिनिधि÷उपभोक्ता कमलनारायण मल्लिक, फोहोरमैला व्यवस्थापनका प्रतिनिधी नेत्रप्रसाद घिमिरे र स्वास्थ्य शाखाका संयोजक तोयानाथ घिमिरे सदस्य सचिव रहेका छन ।

समितिले चालु आर्थिक वर्ष देखिनै प्रभावकारी किसीमबाट कार्यगरी नगरबासीलाई स्वच्छ पानी खुवाउने काम सुरु गर्ने नगर प्रमुख फागोले बताएका छन । उता उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका सचिव तथा ६ नं. वडाका वडाध्यक्ष समेत रहेका चिन्तामणी पौड्ेलले नगरका ४,५,६ र ७ नं. वडामा करिव ४ हजार धारा जडान गरी नेपाल सरकारको मापदण्ड अनुसारको गुणस्तरिय पानी वितरण गरीरहेको बताएका छन । नगरमा दुई वटा परियोजनाले पानी वितरण गरीरहेका छन भने अन्य थप तिन परियोजना आवश्यक पर्ने प्रारम्भिक सर्वेक्षण गरीएको उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष भूपाल सिह जिमीले बताएका छन ।