काँकडभिट्टा/ भारतको दार्जिलिङमा आइतबार हुने विधानसभा उपनिर्वाचनका लागि आइतबार भारतको पानीट्याङ्कीे र काँकडभिट्टाका नाका बन्द भएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी महेश थापाका अनुसार भारतको पानीट्याङ्की र काँडभिट्टाको नाका आइतबार बेलुका ६ बजे बन्द भएर सोमबार बिहान ६ बजे खुल्ने भारतीय प्रहरीले जानकारी दिएको थापाले बताए ।

थापाका अनुसार भारत प्रवेश गर्नेका लागि मतदान गर्ने परिचय–पत्र भएको मानिस र एम्बुलेन्सलाई मात्र भारत प्रवेश गर्न दिने भारतीय सुरक्षाकर्मीले बताएको थापाले बताए ।

त्यसैगरी इलामको पशुपति—मिरिक नाकामा निर्वाचनलाई लक्षित गरेर शुक्रबार नाका बन्द भएर भोलि (सोमबार) बिहान ६ बजे नाका खुल्ने जिल्ला प्रहरी कार्यालय इलामका डिएसपी हेमन्त भण्डारीले बताए ।