ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणको क्रममा गत बुधवार मृत्यु भएकाको शव आइतबार निकालिएको छ । चौथो आधार शिविरमा मृत्यु भएका भारतीय नागरिक ४८ वर्षीय विप्लव वैद्य र ४६ वर्षीय कुंतल करारको शव निकालिएको हो ।

उनीहरूको शव दोस्रो शिविरसम्म झारेर त्यहाँबाट हेलिकप्टरमा राखेर सुकेटार विमानस्थल हुँदै काठमाडौं लगिएको हो । उनिहरु संगै सम्पर्क विहीन भएको चिलीका पर्वतारोही भने अहिले सम्म फेला परेका छैनन । पटक पटक शेर्पाहरुको टोलीले खोज्ने प्रयास गरेता पनि हिउमा पुरिएका कारण यो सिजनमा भेट्न गाह्रो रहेको उद्धारमा गएका मिङमा शेपाले बताए ।

पिक प्रमोसन प्रालिबाट आरोहणका लागि गएका मध्ये दुई जनाको मृत्यु भएको थियो भने दक्षिण अमेरिकी मुलुक चिलिका आरोही रोड्रिगो भिभ्यान्चो हराइरहेका छन् ।

आरोहणका क्रममा बिरामी परेका दुई भारतीय र एक जर्मनी नागरिकको काठमाडौँमा उपचार भइरहेको छ । उनीहरूलाई हेलिकप्टरबाट तत्काल उद्धार गरी काठमाडौँ लगिएको थियो । ८ हजार ५ सय ८६ मिटर उचाइको कञ्चनजंघामा यो सिजनमा ३४ जनाले आरोहण अनुमति लिएका थिए ।

Heli