श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ जेष्ठ ६ गते साेमबार, २० मे २०१९ । जेष्ठ कृष्णपक्षको द्वितया तिथि २३ः३९ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र ज्येष्ठा २३ः५५ बजेसम्म, उप्रान्त मूल, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ५ः१५ र सूर्यास्त ६ः४७ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । शिर तथा आँखा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक संकटको सामना गर्नुपर्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जगीरमा बढु्वा तथा स्थानान्तरण होला । शुभसमाचार सुन्न पाइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धार्मिक तथा सामाजिक काममा सक्रिय भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेट होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तमखालको छ । जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । अतिथि सेवा गर्ने अवसर मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मुद्या–मामिलामा तपाइको विजय हुनेछ । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला । मन प्रसन्न बन्ने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धर्म–कर्म तथा समाज सेवामा मन लाग्नेछ । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिसित भेटघाट हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । राजनैतिक निकायमा तपाइको उच्चस्थान रहला । लाभदायी यात्रामा शरिक भइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शरिर अश्वस्थ रहला । बन्न लागेको काममा विध्न–बाधाहरु आइपर्नसक्छ । अनावश्यक काममा फसिएला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । विवाह व्रतवन्ध जस्ता उत्सवमा शरिक भइएला । मन प्रसन्न बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सामान्यखालको छ । अनावश्यक कामको झन्झट आइपर्नसक्छ । बोलदा बढो विचार पुर्याउनु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् । साथीभाइ तथा आफन्त जनको सहयोग प्राप्त भइरहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । पारिवारिक जीवनाम खुसीयाली छाउला । मन प्रसन्न बन्नेछ ।